झापामा एमाले अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङलाई कालो झन्डा देखाइयो - Mangsebung News
  • सोमबार, पुष २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा एमाले अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङलाई कालो झन्डा देखाइयो

बैशाक १३, झापा । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  कालो झन्डा देखाएका छन् ।

 

बुधबार झापाको बुद्धशान्तिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न आउने क्रममा अध्यक्ष ओली र उनि सङ्गै आएका एमाले उपाध्यक्ष सुबास चन्द्र नेम्बाङलाई संघर्ष समितिका कार्यकर्ताहरुले बुधबारे चोकमा नाराबाजी सहित कालो झन्डा देखाएका हुन् ।

 

सो क्रममा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा २ प्रहरी घाइते भएका छन् । घाइते हुनेमा ईलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सुविन राजबंशी रहेको जिल्ला प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जनाएको छ ।

 

शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले संघर्ष समितिका दुई जना आन्दोलनकारिलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा मित्र लिङ्देन र डेबिट राई रहेको संघर्ष समिति झापाका सदस्य सचीव सेसेहाङ फियाकले बताए ।

 

सम्बन्धित खवर