किरात समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा सडकमै मनाए उँभौली पर्व - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा सडकमै मनाए उँभौली पर्व

  • आन्छुमे नसान

बैशाक २२, काठमाडौ । प्रकृति पुजक किरात समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै उँभौली पर्व मनाइएका छन् ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा किरात समुदायले मनाउने उँभौली पर्व/साकेला, याक्वा तङनाम, श्यादर पिदर, युच्याङ, चासुवा, भुम्या, भुमे लगायतका किरात चाड कोशी प्रदेशको खारेजीको माग गर्दै सडकमै मनाएका हुन् ।

काठमाडौंको बानेश्वरमा भेला भएका किरात समुदायले आफ्नो सांस्कृतिक पोशाकसँगै सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरुसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड सहित प्रदेश नामाकरणको बिरोध गरेको हुन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, किरात राई याक्खाका केन्द्रीय अध्यक्ष जीवन राई, किरात सुनुवार समाजका उपाध्यक्ष शोभा सुनुवार, जसपा नेता खगेन्द्र माखिम र लेखक युग पाठकले ऐक्यबद्धता मन्तव्य राखेका थिए ।

बक्ताहरुले राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताएका छन् ।

संघीयताको मर्म विपरीत कोशी प्रदेश नामाकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुशीसाथ यसबर्षको उँभौली पर्व मानाउन नसकेकोले सडकमै मनाउन बाध्य हुनुपरेको समेत बताएका छन् ।

प्रदेश १ को नामाङकरण संघीयताको मूल मर्म अनुसार प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा गरियोस् भनेर माग समेत गरेका छन् ।

कार्यक्रममा पहिचानबादि गायक गायीकाहर जेपी नेम्वाङ, शम्भु फोम्बो, गंगा फियाक, तारा थेबे, इन्दिरा नेम्बाङ, खुशी थुलुङ, मोहन मादेन, नोगेन केरुङ लगायतले ‘कोशी प्रदेश नाम खारेज गर’ बोलको पहिचाबादि गीत प्रस्तुत गरेका थिए ।

प्रदेश नं. १ पुनः नामाङकन सन्युक्त संघर्ष समितिको संयोजन रहेको कार्यक्रमलाई किरातजन्य संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

यसैगरी प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किरात समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका छन् ।

 

सम्बन्धित खवर