दिनेशको निर्देशनमा उमेश र बिमला अभिनित 'माङसेबुङ जाउँला' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा उमेश र बिमला अभिनित ‘माङसेबुङ जाउँला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

 

बैशाक २३, काठमाडौं । निर्देशक दिनेश माङमु लिम्बूको कथा निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘माङसेबुङ जाउँला’ सार्वजनिक गरिएको छ ।

 

गीतकार टेक सुव्बा ‘उदासी’को शव्द तथा मनोज साङसोन राईको संगीतमा मेलिना राई र मनोज साङसोन राईको आवाजमा सजिएको पुर्वेली गीत ‘माङसेबुङ जाउँला’ भिडियो सार्वजनिक गरिएको हो ।

 

बि सुव्बाको निर्माणमा हेमन योञ्जनको छायांकन रहेको भिडियोमा उमेश राई(फुलेन्देको आमा), बिमला खजुम लिम्बू र एमके योङहाङ(चाप्पेतीको बाउ)ले अभिनय गरेका छन् ।

मिडिया पिक्चर्स नेपालको पोष्ट प्रडक्शन रहेको भिडियोमा इश्वरी प्रधानको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।

 

मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियोमा सुरेश राई र मनोज साङसोन राईले रेकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

 

याङसाङ मुकारुङको आर्ट डिरेक्शन रहेको भिडियो फाईन आर्टिस्ट ग्रुप अफ वासिङ्टन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर