लिबि मञ्चको दशौ महाधिवेशन सम्पन्न, अध्यक्षमा नितेश सिंगक चयन - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिबि मञ्चको दशौ महाधिवेशन सम्पन्न, अध्यक्षमा नितेश सिंगक चयन

बैशाक २६, म्याङ्लुङ । लिम्बू विद्यार्थी मञ्चको दशौं राष्ट्रीय महाधिवेशन सर्वसहमत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

 

तेह्रथुमको म्याङलुङ बजारमा सोमबार सम्पन्न महाधिवेशनले नितेश सिंगकको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।

महाधिवेशनले बरिष्ट उपाध्यक्षमा राम लिङ्दम, उपाध्यक्षद्वयमा सागर सरगम चेम्जाेङ र रेखा लावतीलाई चयन गरेको छ ।

 

यसैगरी समितिको महा-सचिवमा प्रदीप नयाेङ, उप-महासचीवमा श्री लिङखिम, सचिवद्वयमा मेरिना लिम्बू, मनु माबो र कोषाध्यक्षमा सृष्टि खापुङलाई चयन गरेको छ ।

 

यस्तै सदस्यहरुमा यसाेदा लिम्बू, उदीप लावती, कृष्ण फुरुम्बो र शोभा सावदेन लगायत चयन भएका छन् ।

 

 

सम्बन्धित खवर