सुरज मादेन लिम्बूको 'हल्ला हुने भो' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुरज मादेन लिम्बूको ‘हल्ला हुने भो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २९, काठमाडौं । लोकप्रिय गायक सुरज मादेन लिम्बूको सुमधुर आवाजमा रोमान्टिक गीत ‘हल्ला हुने भो’ सार्वजनिक गरिएको छ ।

गीतकार लक्ष्मी दास शर्माको शव्द तथा संगीतकार दिपेन्द्र बम्जमको संगीतमा ‘हल्ला हुने भो’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

बिजय मगरको निर्देशनमा एक प्रेम जोडिको हल्ला र चर्चा प्रस्तुत गरिएको सनम तामाङको छायांकन रहेको भिडियोमा नेहा तामाङ र किरण लामाले अभिनय गरेका छन् ।

आदेश गुरमाछनको संगीत संयोजनमा मेला स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसी को रहेको छ ।

दामी क्रिएशनको प्रडक्शनमा गीताञ्जली योगीको मेकअप, अर्जुन खड्काको सम्पादन तथा कलर रहेको भिडियो नुमा प्रडक्शन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर