लम्पी स्किन रोगबाट माङसेबुङमा पशु चौपाया मर्न थालेपछि स्थानीय चिन्तित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लम्पी स्किन रोगबाट माङसेबुङमा पशु चौपाया मर्न थालेपछि स्थानीय चिन्तित

  • शरण केरुङ लिम्बू

 

जेठ ८, माङसेबुङ । इलामको माङसेबुङमा समस्याको रुपमा फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोगका कारण गाई, गोरु र भैंसी, पशु चौपाया मर्न थालेका छन ।

 

माङसेबुङ गाउँपालिकामा लम्पि स्किनका कारण अहिलेसम्ममा पशु चौपया मृत्यु भएको संख्या १४ पुगेको छ ।

 

पालिकाका ६ वटै वडामा देखिएको सो रोगबाट हालसम्म ९ सय ३० पशु चौपाया सङ्क्रमित(प्रभावित) भएका छ्न ।

हालसम्म ४ सय ४४ पुशु चौपायालाई उपचार गरेको छ भने, २ सय १६ चौपायालाई खोप लगाएको बताइएको छ ।

 

माङसेबुङ धार्मिक पर्यटकीय स्थल तथा शाकाहारी क्षेत्र भएकोले इलामको सबैभन्दा बढी दुध र दुधजन्य बस्तु तथा परिकारहरु खपत हुने गरेकोमा अहिले तिव्रगतिमा गाई, गोरु र भैसीमा लम्पी स्किल फैलन्नाले दुधको उत्पादनमा कमि आएको जन गुनासो छ ।

लम्पी स्किनका कारण दूध उत्पादनमा कमि संगै धमाधम पशुचैपया मर्न थालेपछि किसान चिन्तित बनेका छन ।

 

माङसेबुङ गाउँपालिकाले कृषकसंग प्रत्यक्ष उत्पादनमा जोर्डने प्रयास गरिहेकोले स्थानिय स्तरको कृषकका आर्थिक आय-आर्जन वृद्धि गरि उत्पादन मुखी बनाउदै आर्थिक रुपमा सवल(समृद्ध बनाउनका लागि पालिकाले उत्पादन मुलक कार्यक्रमहरुमा जोर्ड दिइरहे माङसेबुङ गाउँपालिकाको प्रवक्ता सुसन राईले बताए ।

 

उनलेे पहिलो सम्भावना दूध उत्पादन भएकोले पालिकाले यस्लाई प्राथमिकरण गरेर विभिन्न कार्यक्रमहरु गरिरहेकोले यस अघि पकेट कार्यक्रम, गोठसुधार कार्यक्रम र अहिले विभिन्न उन्नत जातका कोरली बाछीको वितरण कार्यक्रम अघि बढाएको बताए ।

 

पालिकाले कृषकलाई विभिन्न तवर तरिका बाट सहयोग गरि दुध र दूधजन्य बस्तु उत्पादनमा वृद्धि गरि सबल सक्षम र आत्मानिर्भर बनाइ पालिकाको मुख्य उत्पादन तथा आयश्रोतको रुपमा स्थापित गर्ने योजना र कार्यक्रम रहेको प्रवक्ता राईले बताए ।

प्रबक्ता राईले लम्पी स्किन रोगका कारण दुध उत्पादनमा कमि भइ पशुचैपया रोगका सिकार बनेकोले रोग विरुद्धको खोप, औसधि र अन्य सहयोग भैरहेको र चाडै रोग नियन्त्रण गरि रोगमुक्त बनाउने र जस्को लागि केही सम्स्या भए वडाका पशु प्रविधिक तथा गाउँपालिकामा सम्पर्क गर्न अपील गरे ।

 

रोग देखिएको सूचना आए लगत्तै रोग नियन्त्रण गर्न माङसेबुङ गाउँपालिका को पशु सेवा शाखाबाट ६ वटै वडामा भेटनेरी पशु प्राविधिहरु खोप तथा औसधि र अन्य आवश्यक सामग्री सहित गटना स्थलमा खटिएका छन ।

 

माघ, फागुनदेखि नै पशु चौपयामा देखिएको तर पशु प्राविधिकसंग कुनै परामर्श नगरी औसधि र बिधि अपनाएकोले पनि हाल सबै पशु चौपयाहरुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको हुनसक्ने स्थानियहरु बताउँछन् ।

 

 

यो रोगको संक्रमण भैंसी भन्दा गाई, गोरुमा बढी देखिएको घटना स्थलमा पुगि रोग नियन्त्रणमा खटिएका पशु प्राविधिक प्रबिन किराती मुखियाले बताए ।

प्राविधिक मुखियाका अनुसार लम्पि स्किन रोगको संक्रमण हुदा पशु चौपयामा ज्वरो आउने, सिगान बग्ने, शरीरमा गिर्खा आउने, खुर पाक्ने, शरीर कम्जोर हुने, गिर्खा पक्ने, नाइटो सुनिन्ने लगायतका लक्षण देखिन्ने बताएका छन ।

 

महामारीको रुपमा देखिन्ने भाइरस लम्पी स्किन एउटा विषाणु बाट लाग्ने रोग रेहेको माङसेबुङ गाउँपालिका पशु शाखाका प्रमुख डा.मनोज ठागुन्नाले बताए ।

 

डा. ठागुन्नाले उक्त रोगबाट संक्रमित गाई, भैसीको दुध राम्रोसँग तताएर खान मिल्ने र यो रोग मानिसमा नसर्ने भएकाले नडराउन अनुरोध गरे ।

उनलेे यो रोग गर्मी महिनामा बढी सक्रिय हुने र यो समयमा झिगा, लाम्खुट्टे, किर्ना धेरै भएका कारण रोग फैलने सम्भावना उच्च देखिन्छ भने दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलने भएकाले सचेत रहन सबैमा अपिल गरेका छन ।

 

यो रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा, किर्ना, लाम्खुट्टे नियन्त्रणका लागि गोठको सरसफाइमा ध्यान दिने, एकअपसमा घाउ चाटाचाट गर्न नदिने, भाकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने डा. ठागुन्नाले बताए ।

सम्बन्धित खवर