जेठ १२, युके । किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्वीडन शहरमा संयुक्त रुपमा आत्मा रक्षा सेवा आप्लुङगेन्न ताङसेप चोमेन सेवा गत २० मे २०२३ का दिन सम्पन्न गगरिएको छ ।
विश्व शान्ति मावन एकता सकल प्राणी रक्षार्थ तथा चराचर जगत कल्याणका साथ ताङसेप सेवा किरात साम्जिक मुन्धुम र खाजोङ अनुसार सम्पन्न भएको ज्ञानु फुरुम्बोले जनाएको छ ।
साम्दाङगेन वरुमसावा माङसेवा मंगल सिं लिङदेनको संयोजनमा युके भरिका माङसेवासाबा र माङसेवा सामाहरुको बृहत् उपस्थितिमा साम्जिक मुन्धुम बाचन गरिएको थियो । साक्मुरा वादेम्मा, युमामाङ, थेबामाङ, हिममाङ, अवामा र येत लाधुङ, नाम्धुङसेमी सेवा गरिएको थियो ।
प्रत्येक बर्ष हुने आप्लुङगेन्न ताङसेप चोमेन सेवा यस बर्ष पनि १० ओैं बार्षिक सेवा स्वीडन शहरमा सधै हुदै आएको ठाउँमा आयोजना गरिएको आयोजकले जनाएको छ । सेवा कार्यक्रममा युके भरिका किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा सेवा सम्पन्न भएको थियो ।
युकेमा धेरै ब्यस्त हुने भएको कारणले हरेक कार्यक्रम आयोजना गर्नु पर्दा ६ महिना देखि एक बर्ष अघि नै कार्यक्रमको तय गर्नु पर्ने र सबैलाई कार्यक्रम वा सेवाको बिषयमा अग्रिम जानकारी गराउनु पर्ने आयोजकको भनाई छ ।
त्यहि भएर हामीले १० बर्ष अघि देखि बर्षको एक पटक सबै भेला भएर चोमेन सेवा गर्ने चलन बसालेको आयोजकको भनाई छ ।
किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले किरात धर्मसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन ।
मुहिङगुम अङसीमाङ राष्ट्रिय बिभुति महागुरु फाल्गुन्द लिङदेनको जन्मजयन्ती, माङगेन्ना, बार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा गर्दै आएको छ । भने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको ब्यवस्थापन साथै आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।