वडाले बितरण गर्यो बाँदर तर्साउने यन्त्र - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडाले बितरण गर्यो बाँदर तर्साउने यन्त्र

  • पदम सुखी सम्बाहाम्फे

असार ५, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका स्थित वडा नम्बर १ को संयोजगत्वमा साबिक वडाका १० वटा टोलमा महावीर पुनद्वारा आविष्कारक बाँदर तर्साउने यन्त्र आज बितरण गरिएको छ ।

वडाका विभिन्न खेतीयोग्य क्षेत्रमा लगाइएका बाली तथा फलफूल साथै सागसब्जि बाँदरहरुको ज्यादतीले नष्ट भएपछि खेतिवल किसानहरु चिन्तित बनेका थिए ।

गाउँपालिकाको आर्थिक सहयोगमा उक्त यन्त्र खरिद गरि साबिक वडाका सबै टोलहरुमा बितरण गरिएपछि कृषकहरूमा बाँदर नियन्त्रण हुने आशा पलाएको स्थानीय कृषक पुर्ण लावतिले बताए ।

गाउँगाउँ बस्तिबस्तिमा बाँदरको ज्यादती बढ्न थालेपछि विकल्पमा यो विधि अपनाइएको वडा अध्यक्ष देवेन्द्रकुमार लावतिले बताए । पुर्णरूपमा बाँदर आतंक नियन्त्रण नभए पनि किसानहरुलाई क्षती पुर्याउने ती जनावरहरु तर्साएर भाग्न सक्ने पनि लावतिले बताए ।

वडा कार्यलय बाट १० वटा टोलका किसानहरुलाई १० वटा बाँदर तर्साउने यन्त्र बितरण गरिएपछि वडा नम्बर १ वडा कार्यलयको आर्थिक श्रोत बाट ५ लाख बराबरको ३२ इन्चे पाइप ३ सय मिटरको दरले किसानलाई बितरण गरिएको थियो ।

सम्बन्धित खवर