भूगोलको नाम मात्रै लिम्बुवान किरात होस भन्ने चाहेको हौं, ओलिको बुबाको पैत्रिक सम्पत्ति मागेको होइन : क्षेत्री - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूगोलको नाम मात्रै लिम्बुवान किरात होस भन्ने चाहेको हौं, ओलिको बुबाको पैत्रिक सम्पत्ति मागेको होइन : क्षेत्री

  • पदम सुखी सम्बाहाम्फे

 

असार १०, पान्थर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका स्थित घुर्बिसे पन्चमिमा प्रदेश न, १ को कोशी नामाङ्कन खारेजी साथै पुनः नामाङ्कनको आव्हान गर्दै गाउँपालिकाको संयुक्त संघर्ष समितिले शनिबार बृहत बिरोध सभाको आयोजना गरेको थियो ।

 

१ नम्बर प्रदेशको नाम कोशी खारेज अभियान समितिका केन्द्रिय अध्यक्ष डकेन्द्रसिं थेगिमले आफू एमाले पार्टी भित्रको कार्यकर्ता भएरपनी के पि ओलि र योगेश भट्टराईको पछिल्लो आक्रामक अभिव्यक्तिले दाजुभाइ, दाजुभाइ बीच सम्बन्ध खल्बल्याउन खोजेको प्रती आपत्ति जनाउदै पार्टीभन्दा आफ्नो पहिचान ठुलो भएको बताए ।

८० प्रतिशत आदिवासी जनजातिको मत द्वारा निर्वाचित भएर गएपछि सदनमा त्यही मतको अपमान गर्दै कुर्लिनु भनेको समाज द्रोही कुलङ्घार र एकात्मक शासन प्रणालीको बिजारोपणको खेती गरेको थेगिमले बताए ।

 

हामी आदिवासी होइनौ शणनार्थी होइनौ प्राचीनकाल ६ सय बर्ष भन्दा अगाडि त के कुरा पृथ्वीको उत्पत्ति सङ्गै ढुङ्गा माटो जलजमिन मुजिना खेयङना सुहाम्बेना लाहादङ्नाको ऐतिहासिक मुन्धुम सहितको प्रमाण बोकेर बसेको रैथाने हाम्रो इतिहास र मागलाई राज्यले अपनत्व गर भनेको मात्र हो थेगिमले भने ।

बरु तिमिहरुको पुर्खा शणनार्थी हो र तिमी शणनार्थिले आज यो माटोको भुमिपुत्र हामिलाइ शणनार्थी बनाउने प्रपन्च नरचे हुन्छ भन्ने वहाले बताए । हिजोआज लिम्बू समुदाय बिच पनी धर्मको नाममा केही बिवाद हुनु दु:खद हो ।

 

पहिलो कुरा भुमिको अस्तित्व राखौ अनि हाम्रो पहिचान रहने छ त्यसपछि हामिले जुन धर्मको नामको पाटो र बाटोबाट इस्वर अर्थात माङलाइ मानेपनी हुने थेगिमको भनाइ थियो ।

 

किरात याक्थुङ चुम्लुङ्का केन्द्रिय अध्यक्ष प्रेम येक्तेनले ओलि र योगेश भट्टराईले सदनमा अराष्टिय भनाई राखेपछि प्रदेश नम्बर १ को उत्तरी क्षेत्रमा बाढी पहिरो जस्ता अनिष्टता निम्तिएर करोडौंको धनजनको क्षती बेहोर्नु परेको बताए ।

 

दमक हुँदै माङ्सेबुङ उत्तरे यासोक मोटरबाटो फाल्गुनन्द मार्ग नाम राखिनु पर्ने, साथै मादेन लिम्बुहरुको अपार योगदान बाट निर्मित सुकेटार विमान स्थललाइ हेलिकप्टर बाट दुर्घटना भइ मरेको अगति(शोघा ) रबिन्द्र अधिकारी नामक विमान स्थलको नाम राखिनु मुकुमलुङ माङ्लाई पाथिभरा तिर्थ स्थल जस्ता भाषिक उपनिवेश लादेर लिम्बू भाषामा रहेका थातथलोको पहिचान अतिक्रमण गर्ने चेष्टालाई झन्झन् अगाडि बढाएपछि प्रकृति पनि रिसाएर दैवीप्रकोप बेहोर्नु परेको येक्तेनको भनाइ थियो ।

 

यो दैवीप्रकोपले धनजनको क्षति पुर्याएको जिम्मा भट्टराई र ओलिले लिनुपर्ने किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेनले भन्नुभयो ।

एमाले पार्टीका शिर्षस्त नेताहरु यश भेकका रैथाने नागरिकहरुको विरुद्धमा कुर्लिनु भन्दा बरु सिङ्गल सिङ्गल लडाइँ गर्न आए आफू एक्लै भिड्ने क्षमता भएको बताए ।

 

ताप्लेजुङको नागरिकले योगेश भट्टराईलाई जिल्ला प्रवेश निषेध ठिक गरेको भन्दै वहाँले ताप्लेजुङ बासीलाई धन्यवाद दिए ।

 

कार्यक्रमका अर्का प्रखर युवा बक्ता खस युबा मन्चका केन्द्रिय अध्यक्ष अशोक क्षेत्रीले सबै बाहुन गलत नभएपनी राज्यको कुर्सी सधै प्यारो ठान्ने बाहुनहरु कुख्यात भ्रष्ट देशै बेच्न सक्ने अपरधि सोच भएका बताए ।

 

बाहुनहरुको तुच्छ उपनिवेश सोचका कारण क्षेत्री समुदायले पनि उत्पीडनको मार खेप्नुपरेको बताए ।

 

१ नम्बर प्रदेश्को भूगोलको कोशी नाम खारेजीको बिषयमा एमाले पार्टीका अध्यक्ष केपि ओलिको बुबाको पैत्रिक सम्पत्ति ठान्ने अबुजहरुको बिश्वासमा अब नेपालका मुलबासी नागरिकहरु नअलमलिन क्षेत्रीले सल्लाह दिए ।

भगिरथ चेम्जोङ्को अध्यक्षतामा सम्पन्न प्रदेश नम्बर १ कोशि नामङ्कन खारेजीको बृहत बिरोधसभामा याक्थुङ युवा मंचका राजेन्द्र इधिङ्गो लगायत किरात याक्थुङ चुम्लुङ गाउँ कार्य समिति कुम्मायक साथै पाचथर ताप्लेजुङ इलाम र झापाका विभिन्न संघ सस्था तथा संघर्षशिल नागरिकहरुको बाक्लो सहभागिता रहेको थियो ।

सम्बन्धित खवर