चलचित्रमा कोरस नृत्य गर्दागर्दै निर्देशक बन्ने रहर जागेको हो : हाङ - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्रमा कोरस नृत्य गर्दागर्दै निर्देशक बन्ने रहर जागेको हो : हाङ

भनिन्छ जीवन एक रंगमञ्च हो । हामी केवल अभिनेता हौं, निर्देशक त स्वयम सृष्टि कर्ता हुन । जीवनमा हरेक मानिसको आ–आफ्नै इलम हुन्छ ।

तिनै इलममा बाँच्न र रमाउन सके जीवन अनुपम हन्छ । सायद यिनै उक्तिलाई शिरोधार्य गर्दै म्युजिक भिडियो तथा चलचित्र निर्देशनमा छाईरहेका लोभलाग्दा प्रतिभाका धनि हुन् निर्देशक हाङ चेम्जोङ ।


बाल्यकालदेखिनै बेस्कनै नाँच्न मन पराउने हाङ चेम्जोङ नाँच्दा नाँच्दै कलाकार बन्ने भुत चढेपछि आफ्नो सपना पुरा गर्नका लागि नृत्य सिक्न जन्मथलो गाउँ छाडेर १७ बर्षको उमेरमै झापा सम्म झरेका थिए । झापामा करिव २ वर्ष सम्म नृत्य कोर्स सिकेपछि भने झापामा मात्रै सपना पुरा हन नसक्ने भएपछि १९ बर्षको उमेरमै मनभरि सपना बोकेर सपनाको शहर काठमाडौं हानिएको निर्देशक हाङ चेम्जोङको कथन छ ।


‘चलचित्रमा कोरस नृत्य गर्दागर्दै निर्देशक बन्ने रहर जागेको हो’ –हाङ चेम्जोङले भने, ‘काठमाडौंको बसाइको क्रममा चलचित्रमा कोरस नृत्य गर्ने जान्थे, कोरस नृत्य गर्दागर्दै निर्देशन गर्ने इच्छा र प्रेरणा मिलेको हो ।’ उनले भने, ’निर्देशक बन्ने रहर जागेपछि भने भारतको पश्चिम मुम्बई अधेरीमा निर्देशनको कोर्ष गर्न गएको हुँ, त्यहाँ मैले २ वर्ष निर्देशनको कोर्स लिए ।’


अग्रज निर्देशकहरु स्व शिव रेग्मी, तुलसी घिमिरे र दयाराम दहालहरुलाई आफ्नो आइडल मान्ने हाङ अग्रज नृत्य निर्देशकहरुमा बसन्त श्रेष्ठ र कमल राईलाई प्रेरणाको स्रोत मान्छन् । गायक रविन लिम्बूको ‘मायामा’ गीतबाट निर्देशनको यात्रा शुरु गरेका उनले नेपाली चार दर्जन र लिम्बू, पालाम, हाक्पारे गरि साढे चार दर्जन गरि आठ दर्जन बढी म्युजिक भिडियो निर्देशन गरेका छन् ।


लिम्बू चलचित्र ‘सुनौली रुपौली’ र ‘युप्पारुङ’ को निर्देशनको तयारी गर्दै गरेको बताउने हाङ लिम्बू संस्कृतिमा आधारित लोप हुन लागेको ताम्बा उङमा पालाम र च्याब्रुङ नाच्दा गाईने केसाम साम्लोको तयारीमा जुटेको बताउँछन् । जुनसुकै कामलाई दृढ इच्छाशक्तिका साथ मेहेनत र लगनशील भएर लाग्ने हो भने कालाकारितामा वा निर्देशन गरेर पनि जीवन यापन गर्न सकिने चेम्जोङको भनई छ ।


पान्थरमा जन्मेर दक्षिण कोरियाको बैदेशिक रोजगारीमा समेत गएका हाङ हाल काठमाडौं महानगरपालिका ३२ महादेवस्थान मार्गमा बस्दै आईरहेका छन् । पारिवारिक सपोर्ट राम्रो रेहेको र नेपाली चलचित्र अञ्जलीमा अभिनय समेत गरेका हाङ पुस ७ मा जन्मदिन मनाउछन् । पछिलो समय निर्देशनमा व्यस्तता संगै सबैले रुचाएका निर्देशक हाङ चेम्जोङलाई थप सफलता सहित लुङमेन्दीङ नोनिङवा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर