हाङको निर्देशनमा नितुको 'बाबा छोरा' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा नितुको ‘बाबा छोरा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार ३०, काठमाडौं । पछिल्लो समय खुबै रुचाईएका निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार नितु लावती ‘मैना’ को शब्द तथा प्रस्तुतिमा मनछुने गीत ‘बाबा छोरा’ सार्वजनिक गरिएको छ ।

संगीतकार डि. आर. अटुको संगीतमा बाल गायक जेनिश उप्रेती र गायक संगम सेर्माको सुमधुर आवाज रहेको मनछुने गीत ‘बाबा छोरा’ भिडियो सार्वजनिक गरिएको हो ।


गीतकारले मावली जाँदा टोर्के, कुसुन्डे हुँदै पेरेङगे चुलिको चेपमा बाबाको हात समाएर हिडेको यादहरुमा सम्झिदैं बाबा र आमाको यादमा समर्पित गरेर सृजना गरेको गीतको भिडियोमा नायक दिलिप रायमाझी र जेनिश उप्रेतीले अभिनय गरेका छन् ।

बिदेशिएका बाबा र घर एक्लै बसेका छोराको पिडादायी पलहरु, यादहरु प्रस्तुत गरिएको भिडियोलाई इशाक जवेगुले छायांकन तथा सम्पादन गरेका हुन् ।


राजु कार्कीको संगीत संयोजनमा लिम्दुमि कृएशन र कोरिया स्टुडियोमा रेकर्ड गरिएको गगीतलाई नेपाल मिडिया ग्रुपले प्रडक्ट गरेका हुन् ।

नितु लावतीको निर्माण तथा सञ्जु थलङको मेकअप रहेको भिडियो नेपाल मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर