सञ्चारकर्मी फियाक सहित भानु जयन्तिमा चार जना प्रतिभा सम्मानित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सञ्चारकर्मी फियाक सहित भानु जयन्तिमा चार जना प्रतिभा सम्मानित

असार ३०, दमक । भानु साहित्यिक प्रतिष्ठानले यसवर्षको भानु प्रतिभा पुरस्कार मेचीनगरका
विभिन्न विधाका चारजना प्रतिभालाई प्रदान गरेको छ ।

शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न कार्यक्रममा झापाको काँकडभिट्टा रहेको प्रतिष्ठानले खेलकुद, सञ्चार, साहित्य र कलातर्फ चार जना
प्रतिभालाई सम्मान गरेको हो ।

लामो समयबाट सञ्चार क्षेत्रमा कृयाशील हरप्रहर न्यूजसँग सम्बद्ध सञ्चारकर्मी भूमिका लिम्बू
फियाकलाई सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेकोमा उच्च कदर गर्दै नगद ११ हजार
पुरस्कार र सम्मान पत्र सहित भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो ।

यस्तै खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले खेलकुदको माध्यमबाट झापा र सिङ्गो नेपालकै
नाम अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको भन्दै खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर सहित नगद २१ हजार राशीको भानु प्रतिभा सम्मान प्रदान गरिएको थियो ।


प्रतिष्ठान अन्तरगत रहेको हेमराज-मेदनी खरेल पुरस्कारबाट साहित्य तर्फकी साहित्यकार लक्ष्मी
अच्युत ढुंगानालाई र कृष्ण–पवित्राउप्रेती प्रतिष्ठान
पुरस्कारबाट कला र संस्कृतिको प्रवर्धनका लागि पञ्चेबाजा तथा संगीनी नाचमा संस्थागत ज्येष्ठ
नागरिक वडासमिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गरीयो । दुवै पुरस्कार जनही ११ हजार रूपैँया र सम्मान पत्र रहेको थियो ।

सम्मानित एवम् पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज नेपाल, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा काँकरभिट्टास्थित भानुभक्तको
पूर्णकदको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रमको उद्घाटन रामायण वाचन गरेर गरिएको थियो ।

प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा महासचिव सुशील आचार्यले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद
खरेलले स्वागत गरेका थिए

सम्बन्धित खवर