बिर्तामोडमा सडकमै मनाए कोशी खारेजीको माग गर्दै सिसेक्पा तङ्नाम - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिर्तामोडमा सडकमै मनाए कोशी खारेजीको माग गर्दै सिसेक्पा तङ्नाम

  • योगेश लावती

साउन १, बिर्तामोड । किरात समुदायले अनिकाल खेदाउने सहकाल भित्रयाउने मौलिक चाडकोरुपमा सिसेक्पा तङनाम ( साउने संक्राती) मनाउने गर्दछन् ।

आज अर्थात साउन १ गते घरको ढोका माथि विभिन्न फलफुल खुर्सानी, पिपलको पात, मकै आदि बाबियोको डोरीमा बाधेर झुन्ड्याउने गरिन्छ ।

मिठोमसिनो खाएर साझमा दियालो बालेर नाङलो ठटाउदै घरको कुनाकाप्चाबाट अनिकाल जाओस सहकाल आओस भन्दै घरआगनको परपरसम्म नाङलो ठटाउदै अगुल्ठो मिल्काएर अनिकाल खेदाउने परम्पराकोरुपमा मान्दै आइरहेको मौलिक चाड (सिसेक्पा तङनाम ) यसपटक आन्दोलनकोरूपमा  झापाको बिर्तामोडस्थित मुक्तिचोकमा प्रदेशको नाम कोशी खारेजीको माग गर्दै मनाएको छ ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा बिर्तामोड , कियाचु नगर शाखा अर्जुनधाराको संयुक्त आयोजनामा सोमबार  विर्तामोडको मुक्तिचोकमा कोशी नामाकरणको विरुद्ध पहिचान पक्षधरहरुले सडकमै सिसेक्पा तङ्नाम मनाएको हो ।

पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौ, प्रदेशको नाम पहिचानको आधारमा पुन नामकरण गर जस्ता नाराबाजी गदै विर्तामोड बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभा गरेको थियो ।

कोणसभामा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले सिसेक्पा तङनामको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यत्त गरे । उनले भने, ‘आदिबासी जनजातीहरुले घरघरमा मान्दै आएको चाड सडकमा निकाल्न बाध्यता भयो । चाडपर्वमा रमाइरहदा पनि अधिकारको आहवान गर्न हक अधिकार र पहिचानको कुरा गुन्जाउन सडकमै आउनुपर्ने परिस्थिती शासकहरुले बनाएको आरोप लगाए ।’

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च वरिष्ठ उपाध्यक्ष ज्ञानु इम्बुङले विभिन्न व्यवस्था ढलेपनि केहि परिवर्तन नआएको बताए । उनले भने, ‘यहाँ आदिबासी जनजातिहरुले पाउनुपर्ने अधिकार नपाएको बताउदै एकल जातिय ब्राह्मण सत्ता नढलेसम्म पन्चायत, रााणाशासन, राजतन्त्र अन्त भएपनि अब एउटै ब्राह्मण तन्त्रलाई  यहि आन्दोलनले ढाल्ने घोषणा गरे ।’

कार्यत्रमको प्रमुख अतिथि समेत रहेका नेपाल आदिबासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष तथा प्रदेश न. १ पुन: नामङकन संयुक्त संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले सम्बोधनको क्रममा पहिचान र संस्कृति बचाउन आन्दोलन गरेको बताउदै आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा झापाको विभिन्न ठाउँबाट  बिर्तामोडको मुक्तिचोकमा भेला भएका पहिचानवादीहरुले आ-आफ्नो जातिय पोशाकमा सजिएर माङलाङ, केलाङ, लि:तोङ, येबालाङ, साकेला, पालाम गाएर नाचेर  प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै कोशी नामकरण विरुद्ध सिसेक्पा तङनाम भव्यतापूर्वक मनाए ।

सम्बन्धित खवर