माङसेबुङ ५ को सरस्वती माविमा ५९ प्रतिशत मत खस्यो - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ५ को सरस्वती माविमा ५९ प्रतिशत मत खस्यो

बैशाक १५, माङसेबुङ । इलाम क्षेत्र नम्बर २ मा आज भएको उपनिर्वाचनमा माङसेबुङ गाउँपालिका ५ को सरस्वती मावि भालुटार मतदान केन्द्रमा जम्मा ५९ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेबाट शान्तिपूर्ण रूपमा सुरु भएको मतदानमा साँझ ५ बजे सम्ममा १ हजार १ सय ९३ मत खसेको सरस्वती मावि भालुटार(ख) का मतदान अधिकृत सविन बुढाथोकीले बताए ।

दूईवटा मतदान केन्द्र भएको यस मतदानस्थलमा २ हजार ७ मतदाता रहेका छन् ।

सरस्वती मावि भालुटार(क) मतदान केन्द्रबाट किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले मतदान सुरुवात गर्नुभएको थियो ।

 

सम्बन्धित खवर