इलाम २ को मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ को मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो

बैशाक १५, इलाम । आज (शनिबार) सम्पन्न भएको इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सबै मतदान केन्द्रबाट आएको विवरण अनुसार ६० प्रतिशत मत खसेको बताए ।

इलाम २ मा एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेकोमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेको अधिकृत घिमिरेले बताए ।

प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको उनले बताए ।

इलामका ७९ मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको उनले जनाए ।

यस्तो छ विवरण :

सम्बन्धित खवर