स्वतन्त्रका डकेन्द्रसिंह, एमालेका सुहाङ, कांग्रेसका डम्बर र रास्वपाका मिलनले गरे मतदान - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वतन्त्रका डकेन्द्रसिंह, एमालेका सुहाङ, कांग्रेसका डम्बर र रास्वपाका मिलनले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा (एमाले) का उमेम्दवार सुहाङ नेम्वाङ र नेपाली कांंग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम मरब क्याम्पस केन्द्रबाट मतदान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनकुमार योङहाङ लिम्बुले माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आविबाट मतदान गरेका छन् ।

यस क्षेत्रका ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्रमा यतिबेला मतदाताले मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।

सम्बन्धित खवर