झापाको केर्खामा स्थापित सिलाम् साक्माको अनावरण - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको केर्खामा स्थापित सिलाम् साक्माको अनावरण

साउन २, कमल । झापाको केर्खामा याक्थुङ जातिको मुन्धुम अनुसार मौलिक पहिचान वोकेको रक्षा कवचको प्रतिक ‘सिलाम् साक्मा’ स्थापना गरिएको छ ।

मंगलबार झापाको कमल गाउँपालिका ३ केर्खामा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य चन्द्रकला लिम्बुले विधिवत रुपमा स्थापना गरिएको सिलाम् साक्माको अनावरण गरेकि छन् ।

लिम्बू जातिको मुन्धमअनुसार पृथ्वीतलमाथि मुख्य नौ देवलोकहरु भएकाले देवताको थान वा आराधनास्थल बनाउँदा नौ तला, सात तला बनाई पुजा आर्चना गर्ने परम्परा लिम्बु जातिहरुको प्रचलित रीतिथितिमा पाईन्छ । पृथ्वीदेखि माथिका देवलोकमा पृथ्वीलोक, आत्मालोक, आकाशलोक, न्यायलोक, सत्यलोक, उज्ज्ललोक, तपलोक, पवित्रलोक बैकुण्ठलोक रहेका छन् । त्यसलाई लिम्बू समुदायमा जन्मदेखि मृत्यु पर्यान्तसम्म विभिन्न तिनै नौ लोकका आधारमा संस्कार गरिने परम्परा रहेको छ । यिनै नौ ग्रहको पुजा गर्ने विधि विधान रहेको र तिनै नौ ग्रहलाई एकमुष्ट भन्दा सिलाम् साक्मा नामले बोलाउने गरिएको किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूले वताए ।

लिम्बू जातिको मुन्धुमअनुसार सत्यलोक देखि माथितिर उज्ज्वललोक छ । उज्ज्वललोक देखि माथीतिर तपलोक छ र तपलोक देखि माथी पवित्रलोक रहेको विश्वास गरिन्छ ।

यस्तै गरी तपलोक देखि माथी पवित्रलोक, पवित्रलोक देखि माथी बैकुण्ठलोक, बैकुण्ठलोक देखि माथी तागेरा निङवाभुमाङ विराजमान रहनु भएको छ भने बैकुण्ठलोक देखि माथी अरु कुनै लोक नरहेको विश्वास गरिएको छ । सिलाम् साक्मा भएको स्थानमा कुनै पनि गलत काम हुदैन भन्ने जनविश्वास रही आएको छ ।

सिलाम् साक्मा निर्माण समिति अध्यक्ष गोपाल साम्रा लिम्बूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दुई दर्जन भन्दा बढी नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर