सिसेक्पा तङनाम : गुरु आश्रममा जलपान र माङहिममा सेवा गरेर मनाइयो - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिसेक्पा तङनाम : गुरु आश्रममा जलपान र माङहिममा सेवा गरेर मनाइयो

साउन ३, माङसेबुङ । विगतका वर्षझै यस वर्ष पनि किरात पर्व सिसेक्पा तङनामको अवसरमा गुरु निजी आश्रममा जलपान कार्यक्रम गरिएको छ ।

मंगलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको इलामको माङसेबुङ ५ मा अवस्थित निजी गुरु आश्रममा सम्पूर्ण भक्तजनहरुलाई निमन्त्रणा गरी जलपान कार्यक्रम आयोजना गरिएको हो ।

सो जलपान कार्यक्रम मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको समुपस्थितीमा सम्पन्न गरिएको थियो । जलपानसँगै गुरु आश्रममा सुरु भइरहेको खेतीपातिमा जन परिचालन विषयमा छलफल गरिएको गुरु निजी आश्रम कृषि समितिका सचिव उदय विक्रम तुम्बापोले जानकारी दिनु भयो ।


कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष तारावीर नेम्बाङ लगायत माङसेबुङ परिसरका १६ वटै टोल अध्यक्षहरु सहित किरात धर्मावलम्बीहरुको उपस्थित रहेको थियो ।

यसरीनै किरात पर्व सिसेक्पा तङनामको अवसरमा आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा सावायेत नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भयो ।

२०८० सालको असार मसान्त उभौली पर्वको अन्तिम दिन भएकोले खिबेक्वा सेवा (उभौली पर्व) लाई विदाइ साथै मुवेक्वा सेवा (उधौली पर्व) समयको आगमनलाई स्वागतको रपमा सेवा आयोजना गरिएको गरिएको किरात हाङ्साम मुजोत्लुङ माङ्हिमका तुम माङसेवासाबा मानबहादुर खपाङगी मगरले बताउनु भयो ।

तुम माङसेवासाबा मानबहादुर खपाङगी मगरका अनुसार सिसेक्पा तङनाम (साउने संक्रान्ती) को अवसरमा सावायेतहाङ किरात तथा विश्व मानव समुदाय लगायत चराचर सृष्टिको रक्षार्थ र विश्व शान्ति मानव एकताको लागि सावायेत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको हो ।

सम्बन्धित खवर