युकेमा पहिचानको आन्दोलनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युकेमा पहिचानको आन्दोलनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, युके । प्रदेश न १ मा भइरहेको पहिचान र अधिकारको आन्दोलनको बारेमा विशेष अन्तरक्रिया कार्यक्रम लिम्बुवान नागरिक समाज आस्फोट केन्ट युकेको आयोजनामा सम्पन्न भएको छ ।

१९ जुलाई २०२३ बुधवारका दिन सगरमाथा कम्युनिटिको सभा हलमा आयोजित कार्यक्रममा किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिका अध्यक्ष प्रेम येक्तेन लिम्बू प्रमुख आथित्यमा कार्यक्रम आयोजना गरिएको युके निवासी धार्मिक सामाजिक अभियन्ता ज्ञानु फुरुम्बो चरपेले जानकारी दिनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष येक्तेनले भन्नु भयो, ‘नेपालमा भइरहेको पहिचानको आन्दोलन सम्पूर्ण पहिचानवादी भूमिपुत्र, अस्तित्वलाई माया गर्ने, संरक्षण सम्बद्र्धन गर्न चाहने पहिचानवादीहरुको साझा आन्दोलन हो ।’

प्रदेश न. १ मा लामो समयदेखि पहिचानको आन्दोलन हुँदै आएको सबै राजनीतिक दल, सामाजिक संघ संस्थाहरुले स्पष्ट थाहा भएको हो र चुनाव आउनु अगावै सबै दलहरुले चुनावी अभियानमा पनि उनीहरुले पहिचानलाई हामी सम्बोधन गर्छाै भनेर जनता सामु आएर मत मागेको भन्दै अध्यक्ष येक्तेनले थप्नु भयो, ‘किरात याक्थुङ चुम्लुङको हैसियतले सबै दलहरुलाई भेटेर भनेका थियौं कि यो प्रदेश न १ को नाम पहिचानको आधारमा राख्न तपाईहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्छ भन्दा सबै दलहरु मन्जुर भएकै हो ।’

तर जब काम गर्ने बेलामा हामीलाई धोका दिएपछि प्रदेश न १ मा आन्दोलनको परिस्थिति जनताको कारण नभई ठूला दल भनाउँदा लिडरहरुको घमण्ड, अंहकारको कारणले उब्जिएको उनले बताउनु भयो । उनले भन्नु भयो ‘यो मुद्वा र मागलाई सम्बोन्धन गरिएन भने बरु तमोर र काबेलीको पानी सुक्छ होला तर यो आन्दोलन सुक्ने र चुक्ने छैन । कोशीले कुनै कोण र आधारबाट पनि प्रदेश १ का जनताहरुको भावना, आकाक्षा, चाहना मागलाई सम्बोधन गर्न सक्दैन ।’

नेपालमा चलिरहेको पहिचानको आन्दोलनबारे उपस्थित सबैलाई जानकारी गराउँदै अध्यक्ष येक्तेनले भन्नु भयो ‘कोशीको विरुद्वमा प्रदेश न १ पहिचानवादी जनताहरु फागुन १७ गते देखि निरन्तर सडकमा छन् । कुनै पनि परिवर्तन चुनावी प्रक्रिया र मत अल्पमतले मात्र निर्धारित गर्छ भने होईन । सडक र आन्दोलनबाट आउट साइडबाट पनि परिवर्तन गर्न सकिन्छ । हामी त्यहीँ भएर किरात याक्थङ चुम्लुङ लगायत घटक संस्थाहरु वा संयुक्त संघर्ष समितिहरु निरन्तर सडकमा छौं । यो आन्दोलन संसारमा छरिएर बसेका सबै किरात याक्थुङ लिम्बु लगायत सबै पहिचानवादीहरुको साझा मुद्दा र चासोको विषय रहेको कारण युके बासी याक्थुङ लिम्बू लगायत अन्य पहिचानवादीहरुको कर्तब्य भएको कारणले आ–आफ्ना स्थानबाट सहयोग गर्न अपिल गर्दछौं ।’

४ घण्टासम्म सञ्चालित अन्तरक्रिया कार्यक्रममा आस्फोड केन्टमा रहनु भएका विभिन्न संघ सस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । यसैगरी नेपाली समाचार अनलाइनका संचालक लेखक, राजनीतिज्ञ विश्वासदीप तिगेला, समाजसेवी श्री साम्यु, गणेश इजम लगायतको उपस्थिति रहेको थियो ।

आयोजक समितिका उपाध्यक्ष विजय लुङफुङवाले स्वागत मव्तब्यसँगै संस्थाको गतिविधि राख्नु भएको कार्यक्रम अध्यक्ष छत्र वनेम लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो । भने संस्थाका सचिव लाहाङ चेम्जोङले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर