सहिद लाजेहाङलाई मरणोपरान्त सम्मान, घाइते फागोलाई नगद सहयोग  - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सहिद लाजेहाङलाई मरणोपरान्त सम्मान, घाइते फागोलाई नगद सहयोग 

साउन २४, काठमाडौं । कोशी प्रदेश नामांकरण विरुद्धको आन्दोलनमा शहिद भएका पदमबहादुर लिम्बू लाजेहाङलाई नेपाल आदिवासी जनजाति महासंघले मरणोपरान्त सम्मान गरेको छ ।

बुधवार कमलादीस्थित प्रज्ञाभवनमा आयोजित २९ औं विश्व आदिवासी दिवसको अवसरमा महासंघले मरणोपरान्त सम्मान गरेको हो ।

महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौंं’ भन्ने राष्ट्रिय मूल नारा तय गरेर दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहिद लाजेहाङका बुवा छत्रबहादुर लिम्बूलाई सम्मान प्रदान गरेका हुन् । उनलाई महासंघले नगद २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

प्रदेश नम्बर १ प्रदेशसभाले कोशी नामांकरण गरेपछि पहिचान पक्षधरहरूले प्रदेशको नाम पुनः नामांकरण गर्नुपर्ने गदै गत चैत ५ गते बिराटनगरमा गरेको विशाल जनप्रर्दशनमा प्रहरी प्रशासनले टाउकोमा लठ्ठी प्रहार गरि गम्भिर घाइते भएका थिए ।

उनको चैत १० गते उपचारका क्रममा बिपी अस्पताल धरानमा मृत्यु भएको थियो । उनलाई संघीय सरकारले शहिद घोषणा समेत गरिसकेको छ ।

यसैगरि गत बैशाक २७ गते झापाको दमकमा भएको पहिचानको आन्दोलन स्वरुप राँके जुलुसमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका इलाम चुलाचुली १ का गजेन्द्र फागोलाई समेत महासंघले २५ हजार नगद सहयोग प्रदान गरेको छ ।

सम्बन्धित खवर