- ज्ञानु फुरुम्बाे चरपे
साउन २७, युके । आदिवासी मुलबासी तामाङ, मगर समुदायकाे आन्दोलनमाथि भएको दमनकाे बिषयमा लिम्बुवान नागरिक समाज युकेले पनि बिज्ञप्ती जारी गरेकाे छ ।
राज्यले आदिवासी तामाङ, मंगर समुदायको आन्दोलनमा गरेको दमनकाे निन्दा गर्दै अमानवीय हर्कत भएको बताएकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
लिम्बुवान नागरिक समाज युकेले प्रेस वक्तव्य जारी गर्दै आदिवासी तामाङ र मगरहरु माथी अधिवक्ता भगवती पाण्डेकाे अभिव्यक्तिले समुदायको आत्मसम्मान साँस्कृतिक मूल्य, मान्यतामा आघात पुगेको जनाएका छन् ।
जसकाे न्यायका लागि गत साउन १७ र २२ गते भएको प्रदर्शनीमा निर्मम दमन गर्ने, अभियन्ताहरूलाई पक्राउ गर्ने, हिरासतमा यातना दिने, महिलाहरूमाथि दुर्व्यवहार गर्ने यस्ता अमानविय कार्य समेत भएकाेले यसले तामाङ र मंगर माथी मात्र हाेईन सिङगाे आदिवासी मुलबासीहरु माथी नै दमन भएकाे बताएका छन ।
मगर, तामाङ र मुस्लिम समुदायको आन्दोलनमा भएको दमनलाई अलाेकतान्त्रिक र अमानवीय कामकाे संज्ञा दिएको छ । लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम र सचिव लाहाङ चेम्जोङले विज्ञप्ति जारी गर्दै आन्दोलनरत समुदायको माग तत्काल सम्बाेधन गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।
आन्दोलनकारीहरूकाे मागलाई पूरा गरि न्याय दिएर आत्मा सम्मा गर्नु पर्नेमा उल्टै आन्दाेलनकारीहरुलाई नियन्त्रणमा लिएर लाेकतन्त्र र मानवअधिकारकाे खिलापमा गरेकाे बताएको छ ।
लिम्बुवान नागरिक समाज यूकेकाे प्रेस विज्ञप्तिमा गत साउन ७ गते प्राइभ टेलिभिजनमा एक अन्तर्वार्ता दिँदै अधिवक्ता पाण्डेले आदिवासी तामा, मगर र अन्य सिमान्तकृत समुदायको वैवाहिक संस्कारविरुद्ध अभिव्यक्ति दिएका थिए ।
जसले सम्बन्धित समुदायहरूलाई आन्दोलित बनाएपछि उजुरी दिएका थिए । उजुरी दिएपनि प्रहरीले पक्राउ नगरेपछि आन्दोलनकारीहरू साउन १७ गते टेकु प्रहरी परिसरअघि विराेध प्रदर्शनमा उत्रँदा व्यापक दमन भएको थियोे । जुन कार्यकाे धेरै क्षेत्रबाट विराेध भएको थियोे ।