किरात धर्म साहित्य उत्थान संघ युकेद्धारा अग्नी पीडित परिवारलाई आर्थिक सहयोग - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म साहित्य उत्थान संघ युकेद्धारा अग्नी पीडित परिवारलाई आर्थिक सहयोग

साउन ३२, माङ्सेबुङ । इलामको माङसेबुङ ५ माङमिक्तोक्ला/बाह्रलाखे टोलका अग्नी पीडित घर परिवारलाई सहयोग रकम हस्तान्तरण गरिको छ ।

मंगलबार किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको संयोजनमा संकलन गरिएको नगद ४ लाख २९ हजार ८७ रुपैया रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

संघको पहलमा युके निवासी किरात धर्मावलम्बी, आस्थावान सहयोगीहरुबाट अग्नी पीडितको लागि संकलन गरिएको रकम सामाजिक धार्मिक अभियान्ता तथा सञ्चारकर्मी सुमन लाओतीले पीडित परिवारलाई नगद हस्तान्तरण गरेका हुन् ।

गत असार ११ गते करीब राती २ बजे मध्यरातमा विद्युत सर्ट भइ आगलागि भएको थियो । आगलागिले हर्कबहादुर चेम्जोङ, नरहाङ लाओती, लोकबहादुर लाओती, विष्णुबहादुर राई, माङगेना सम्बाहाम्फे, सन्चमाय लिम्बू र पदम इवाको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

अग्नी पीडित सहयोगीहरुको नामवली : 

सम्बन्धित खवर