मङसेबुङ मासिकका उपसम्पादक ज्ञानु केदेम पुरस्कृत - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मङसेबुङ मासिकका उपसम्पादक ज्ञानु केदेम पुरस्कृत

भदौ १८, इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८० माङसेबुङ मासिकका उपसम्पादक ज्ञानु केदेमलाई प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा इलाम शाखाले सोमबार इलाम सदरमुकाममा कार्यक्रमको आयोजना गरी केदेमलाई सम्मानसहित पुरस्कार प्रदान गरेको हो । फोनिजले स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि इलाम नगरप्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सम्मान पत्र, पुरस्कार रकमको चेकसहित दोशल्ला ओडाएर केदेमलाई सम्मान सहित पुरस्कृत गरेका थिए । यसअघि सो पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र जबेगू पुरस्कृत भईसकेका छन् ।

विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन ।

सम्बन्धित खवर