पब्लिक टाइम्स साप्ताहिक पत्रीकाद्वारा शैक्षिक सामग्री बितरण - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पब्लिक टाइम्स साप्ताहिक पत्रीकाद्वारा शैक्षिक सामग्री बितरण

  • पदम सुखी सम्बाहाम्फे

भदौ २५, कुम्मायक । पाँचथरको सदरमुकाम फिदिमबाट प्रकाशन हुदै आएको पब्लिक टाइम्स साप्ताहिक पत्रीकाले आइतबार आफ्नो ११ औ बार्षिक उत्सव मनाउदै विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

प्रेस काउन्सिलको वर्गीकरण अनुसार ‘क’ बर्गमा परेको साप्ताहिक पत्रीकाले कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ स्थित पिपलबोटेको महेन्द्रोदय माध्यमिक बिधालयमा बार्षिक उत्सव कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा त्यस बिधालयका बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नुका साथै पत्रीकालाई निरन्तर माया गर्ने बिज्ञापन दाता तेजेन्द्र चेम्जोङ होसन्नालाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा महेन्द्रोदय माध्यमिक बिधालयका ६ जना र गुहेश्वरी आधारभूत बिधालयका २ जना गरि जम्मा ८ जना जेहेन्दार विद्यार्थीहरुलाई कपि कलम र ब्याग बितरण गरिएको थियो । महेन्द्रोदय माध्यमिक बिधालयमा अध्ययनरत रुपेश चेम्जोङ, टिकामाया चेम्जोङ, सोनिया सम्बाहाम्फे, मेरिन सम्बाहाम्फे, पवित्रा माझी र फुलकुमारी माझी र गुह्वेस्वरी आधारभुत बिधालयका तुलसा महरा र सुपृका थापालाई शैक्षिक सामग्री दिइएको थियो ।

स्थानीय समाचारहरु सम्प्रेषण गर्दै लोकप्रियता कमाएको यश पत्रीकाले सामाजिक गतिविधिमा समेत उदाहरणीय कार्य गरेको गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । हामिले भन्दापनि पत्रीकाले सधै गाउँपालिकालाई माया गरेर सम्झिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले सो कार्यक्रममा बताएका थिए ।

गुह्वेस्वरी आधारभूत बिधालयका शिक्षक रुपनारायण चेम्जोङ र महेन्द्रोदय माध्यमिक बिधालयका प्रधानाध्यापक राजेन्द्र बुढाथोकीले स्कुलमा अध्ययनरत कतिपय विद्यार्थीहरु घरायसी आर्थिक समस्याका कारण धेरै दुखले पढिरहेको बताएका छन । बिधालयमा सिमित स्रोत साधन मात्र हुने भएकोले उनिहरुको दैनिकी अवस्थामा टेवा पुर्याउन नसकिरहेको बेला पब्लिक टाइम्स पत्रीकाले उदाहरणीय सहयोग गरेको उनिहरुले बताए ।

कार्यक्रममा शिक्षा शाखा अधिकृत प्रदीपसिं तामाङ, लेखा शाखा अधिकृत प्रबिण राई र शिक्षक गणेश चेम्जोङले पनि पत्रीकाको ११ औ बार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए । यश पत्रीकाको ग्राहक कुम्मायक गाउँपालिकामा बढी भएको कारण यश बर्ष आफ्नो बार्षिकी कार्यक्रम यो गाउँपालिकामा आयोजना गरिएको उप सम्पादक दिपेन्द्र राइले बताए ।

कार्यक्रम पब्लिक टाइम्स साप्ताहिक पत्रीकाका सम्पादक तथा प्रकाशक गणेश साम्पाङ राइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर