झापाको बिर्तामोडमा आजबाट भाट भटेनी सञ्चलनमा - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको बिर्तामोडमा आजबाट भाट भटेनी सञ्चलनमा

असोज ४, विर्तामोड । झापाको बिर्तामोडमा आजबाट नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी सञ्चालनमा आएको छ ।

भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज बिहिबार बिहान ६ः३० बजेको शुभ साइतमा ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका छन् । नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका हुन् ।

भाट भटेनीले आफ्नो २६औँ स्टोर बिर्तामोडमा सञ्चालनमा ल्याएको हो । पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा स्टोर सञ्चालनमा आएको हो ।

उद्घाटनका आवसरमा ग्राहकलाई इलेक्ट्रोनिक्स सामग्रीमा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

बिर्तामोडमा रहेको स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको झापाको पहिलो हो ।

सम्बन्धित खवर