काठमाडौं उपत्यकामा हुने उधौली सेवाको तयारी पुरा, सहभागिताको लागि अपिल - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

काठमाडौं उपत्यकामा हुने उधौली सेवाको तयारी पुरा, सहभागिताको लागि अपिल

असोज १०, काठमाडौं । काठमाडौं उपत्यकाब्यापी बृहत् उधौली सेवा, साक्मुरा वादेम्मा तथा येत नाम्धुङ लाधुङ सेमी सेवाको तयारी पूरा भएको छ ।

भोलि बिहिबार किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको आयोजनामा पशुपती गुह्येश्वरीमा सेवा हुने सेवाको तयारी पूरा भएको हो ।

बिश्वशान्ति तथा मानव एकता चराचर सृष्टि जगत तथा मानव रक्षार्थ काठमाडौँ उपत्यकामा हरेक बर्ष आयोजना हुदैँ आएको गालिश्राप बहन्ती, येत नाम्धुङ लाधुङ्सेमी तथा उधौली सेवा बिगत लामो समय देखि आयोजना हुँदै आएको र त्यसैको निरन्तरता स्वरुप यस्पटक पनि आयोजना गर्न लागिएको आयोजक तथा नेवाला पान्जुम्भोका अध्यक्ष हरी थक्लिहाङले बताए ।

उक्त सेवामा उपत्यका लगायत स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण श्रद्वालु भक्तजन महानुभावहरु लाई माङ्भेटी, चरुभेटीका साथ उपस्थित भई हुन आयोजकले अनुरोध गरेको छ ।

हार्दिक निमन्त्रणा

बिश्वशान्ती मानव एकता चराचर शृष्टि जगत तथा मानव रक्षार्थ काठमाडौँ उपत्यकामा हरेक बर्ष आयोजना हुदैँ आएको गालिश्राप बहन्ती,येत नाम्धुङ लाधुङ्सेमी तथा उभौली सेवा यस पटक पनि सभ्य भब्य रुपले सु–सम्पन्न हुन गईरहेकोले उपत्यका लगायत स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण श्रद्वालु भक्तजन महानुभावहरु माङ्भेटी,चरुभेटीका साथ उपस्थित भई लाभ लिनुहुन हार्दिक ( लुङ्मेन्दिङ) अनुरोध गर्दछौं ।

मिति  : २०८० असोज ११ गते बिहीवार
स्थान : पशुपति गुह्येश्वरी परिसर
समय : बिहान ७ बजेदेखी

सम्पर्क :
९८४३७२२४२५/९८४१८५८९५०/९८४९०३२६७२/ ९८४३०९००५५

आयोजक :
किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो काठमाडौं

सम्बन्धित खवर