माङ्सेवासाबा थुम पान्जुम्भो धनकुटाको पाँचौं सम्मेलन सम्पन्न, अध्यक्षमा तुम्बापो - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेवासाबा थुम पान्जुम्भो धनकुटाको पाँचौं सम्मेलन सम्पन्न, अध्यक्षमा तुम्बापो

असोज १२, धनकुटा । किरात साम्यो माङ्सेवासाबा थुम पान्जुम्भो धनकुटाको पाँचौं सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न सम्मेलनले लक्ष्मीप्रसाद तुम्बापोको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

निर्वाचित उपाध्यक्षमा डा. सुकर चेम्जोङ, सचिवमा धन बहादुर चेम्जोङ, सह सचिवमा अर्जुन लिम्बू र कोषाध्यक्ष नरबहादुर माङयक खेवा रहेका छन् ।

यसैगरी सदस्यहरुमा भक्त लिम्बू, भिम तुम्सा, नरजित माङ्य्क, मान प्रसाद लिम्बू, कुलबहादुर जबेगु, प्रेम मादेन खेवा लगायत २७ सदस्यीय समिति गठन गरिएको छ ।

किरात साम्यो माङ्सेवासाबा थुम पान्जुम्भो धनकुटाको अध्यक्ष रुसतम खजुमको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख आतिथ्य किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भाको सचिव सन्चहाङ सङ्बाहाङफे र विशेष आतिथ्य मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेन साथै विभिन्न संघ संस्थाबाट पाल्नुभएका अतिथिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर