सम्मान र स्मारिका विमोचन गर्दै लुङधुङ टोलको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा फुङमा चयन - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सम्मान र स्मारिका विमोचन गर्दै लुङधुङ टोलको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा फुङमा चयन

असोज १३, दमक । लुङधुङ टोल विकास संस्थाको छैटौं बार्षिक साधारणसभा सम्मान र स्मारिका विमोचन गर्दै सम्पन्न गरेको छ ।

शनिबार लुङ्धुङ टोलको कार्यालय परिसरको हलमा १ न. वडा सदस्य राजकर्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक साधारणसभाले फुङमा तुम्रोकको अध्यक्षतामा विधानतः तीन सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको सचिवमा सन्जु कुरुम्बाङ र कोषाध्यक्षमा उर्मिला कुरुम्बाङ चयन भएका छन् । यसैगरि सभामा टोलको समाजसेवीहरुलाई सम्मान गरेको छ ।

संस्स्थाले समाजसेवी सेसेमी से नाल्बो, डिल्लीश्वर मुसाहाङ, एल बि राई, तिलक फागोलाई सम्मान गरेको छ । यस्तै समाजसेवी घनेन्द्र चेम्जोङलाई पनि प्रशङसा पत्र प्रदान गरेको थियो ।

टोलमा जम्मा ९९ घरधुरी रहेको सभाले अध्यक्षको बार्षिक तथा कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्व सम्मतबाट अनुमोदन गर्दै सभा सम्पन्न भएको छ ।

त्यसैगरी साधारणसभामा डिल्लीश्वर मुसाहाङको लेखन÷सम्पादनमा रहेको ३१२ पृष्ठको टोलको स्मारिका येहाङनगर बिमोचन गरिएको छ ।

कार्यक्रममा १ न. वडा सदस्य प्रमुख अतिथि राजकर्ण राई, सिरिजङगा टोल विकास संस्था दमक १ अध्यक्ष तथा लुङधुङ टोल संस्थापक अध्यक्ष सेसेमी सेनाल्बो, लुङधुङ टोल पुर्व सचिव डिल्लीश्वर मुसाहाङ, पुर्व सह सचिव/कोषाध्यक्ष माइती माया पारघरी, साहित्यकार एल बि राई, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ अर्थ सचिव रचना लाओती, सिरिजङगा टोल पुर्व अध्यक्ष चादनी सेर्मा, सुम्निमा टोल अध्यक्ष यमुना योगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभा लुङधुङ टोल विकास संस्था दमक १ येहाङनगर झापाका अध्यक्ष याम बहादुर राईको अध्यक्षता सम्पन्न भएको कार्यक्रमकोे स्वागत मन्तब्य सदस्य सन्दिप तामाङले राखेका थिए भने संचालन कोषाध्यक्ष फुङमा तुम्रोकले गरेकी थिइन ।

 

सम्बन्धित खवर