एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको बिजयी सुरुवात - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको बिजयी सुरुवात

असोज १८, माङसेबुङ । न्युजिल्याण्डले आइसिसी एकदिवसीय विश्वकपको उद्घाटन खेलमा सानदार जित निकालेको छ ।

भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा साबिक विजेता इङ्ल्याण्डमाथि ९ विकेटको सानदार जित निकालेको हो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य डिभोन कोन्व र रचिन रविन्द्रको उत्कृष्ट ब्याटिङप्रेरित न्युजिल्यान्डले ३६.२ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गरेको थियो ।

न्युजिल्यान्डका लागि कोन्वेले १ सय २१ बलमा १९ चौका र ३ छक्कको मद्दतले अविजित १ सय ५२ रन बनाए । उनलाई रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्काको मद्दतले अविजित १ सय २२ रन बनाउँदै साथ दिए ।

दोस्रो विकेटका लागि कोन्वे र रविन्द्रले अविजित २ सय ७३ रनको साझेदारी गरेका थिए ।

इङ्ल्यान्डका लागि १ मात्र विकेट साम करनले लिए ।

त्यसअघि टस टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि जो रुटले ८६ बलमा ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ७७ रनको योगदान गरे ।

यसैगरी कप्तान जोश बट्लरले ४३, जोनी बेयरिस्टाले ३३, ह्यारी ब्रकले २५ र लियम लिभिङ्गस्टोनले २० रन बनाए ।

न्युजिल्यान्डका लागि म्याट हेनरीले ३, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ तथा ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले समान १ विकेट लिए ।

सम्बन्धित खवर