लिम्बू भाषा साहित्य प्रतिष्ठानको कुलपतिमा पुनः सेसेमी निर्वाचित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू भाषा साहित्य प्रतिष्ठानको कुलपतिमा पुनः सेसेमी निर्वाचित

असोज १९, दमक । लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमक –१ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनमा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा सम्पन्न लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकको दोस्रो अधिबेशनले सेसेमी से.नाल्बोको कुलपतित्वमा विधानतः सात सदस्यीय समिति चयन गरेको छ ।

समितिको उपकुलपतिमा मुसाहाङ अम्याङ्सा, प्राज्ञ सचिवमा रचना लाओती, प्राज्ञ अर्थमा गुमान सिं सम्बाहाङ्फे, प्राज्ञ सदस्यहरुमा कविन्द्र सेर्मा, बिष्णु केरुङ र फुङमा तुम्रोक रहेका छन् ।

यसैगरी अधिबेशनले प्राज्ञिक समिति गठन गरेको छ । समितिमा क्रमशः सेसेहाङ फियाक, सेसेमी से.नाल्बो, मुसाहाङ अम्याङ्सा, रचना लाओती रहेको छ । अधिबेशन सम्पन्न गर्न बिधानतः तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो । संयोजकमा लछामी सेर्मा पापो, सदस्य सचिवमा दिल पाक्साङ्वा, सुमित्रा वाङ्देल चेली रहेको थियो ।

कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापो, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, लिम्बू भाषा तथा संस्कृति बिकास केन्द्र तेह्रथुम अध्यक्ष दिल पाक्साङ्वा, लिम्बू उपन्यासकार थाकुहाङ मेरिङ, कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, लिम्बू पत्रकार संघ झापा जिल्ला अध्यक्ष देशराज नेम्बाङ, चलचित्र निर्माता निर्देशक÷लेखक थेयुसा फागो, रुबाई मञ्च नेपाल केन्द्रीय अध्यक्ष राज कुमार सुब्बा अनिश्चित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठानको १८ जना आजीवन सदस्य तथा ९ जना संरक्षक सदस्यताको प्रमाणपत्र समेत वितरण गरेको थियो ।

लिम्बू भाषा साहित्य प्रतिष्ठानको दमक कुलपति सेसेमी से.नाल्बोको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य गुमान सिंह सम्बाहाङ्फेले राखेका थिए भने संचालन प्राज्ञ सचिव मुसाहाङ अम्याङ्साले गरेका थिए ।

 

सम्बन्धित खवर