दमकको हम्सेदुम्से सामुदायिक वनमा एक महिलाको शव फेला - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकको हम्सेदुम्से सामुदायिक वनमा एक महिलाको शव फेला

असोजद २३, दमक । झापाको दमकमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाट नजिकै बेवारिसे अवस्थामा अन्दाजी ५५÷६० वर्षको जस्तो देखिने एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए । शवको भने पहिचान खुलेको छैन ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाको बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित खवर