असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न छ ।
आइतबार युएइको बरदुबाइस्थित पंजाब रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले कमल लाओतीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमित गठन गरेको छ ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्षद्वयमा पोबो थेबे लिम्बु र गोबिन्द लुम्फुङ्वा लिम्बु, द्वितीय उपाध्यक्षमा बिक्रम वाजी, महासचिवमा मनिषा सुब्बा, सचिवमा बुद लिङ्देन लिम्बु, कोषाध्यक्षमा सृजना लाओती र सह कोषाध्यक्षमा सन्तोस माङ्देन लिम्बु रहेका छन् ।
यसैगरि प्रवक्तामा भिमा इधिङ्गो लिम्बु र साँस्कृतिक बिभाग प्रमुख सिता देवी इजम लिम्बु रहेका छन भने सदस्यहरुमा श्री ३ यतिम हाङ् मेन्याङ्बो लिम्बु, दिनेस कुमार लिम्बु, मिना लिम्बु, सरु बेघा लिम्बु, राजु तुम्बापो लिम्बु, लक्ष्मी माया लिम्बु, भारती सुब्बा, दिलिप हाङ् आङ्देम्बे लिम्बु, फत्ते बहादुर कुरुम्बाङ् लिम्बु, सन्जा लिम्बु, संजय चोङ्बाङ्, सबिता नाल्बो, जितेन्द्र लिम्बु, जमुना यक्सो र नन्द कुमार यक्सो रहेका छन ।
नेपाल आदिवासी जनजाति महासंघ युएइका महासचिव डिबि किरातिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएइका अध्यक्ष भीम अधिकारी, चुम्लुङ युएइ सल्लाहकार डम्बर लिबाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।