संगीत मेरो लागि छुटै संसार हो : स्वस्तिका - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत मेरो लागि छुटै संसार हो : स्वस्तिका

सानो छंदा गाउँघरमा अरूले गीत गाएको देख्दा गीत गुनगुनाउन मन लागेको गायिका स्वस्तिका योङहाङले पछि गएर कान्छी फुपूले कार्यक्रमहरूमा गीत गाएको देख्दा आफूलाई पनि त्यस्तै गीत गाउन मन लाग्थ्यो । फुपूकै प्रेरणाले गीत गाउँन थालेकी प्रतिभाशाली गायिकाको रूपमा सांगीतिक आकाशमा उदाउँकी गायिका हुन स्वस्तिका योङहाङ ।

सात आठ वर्षको कलिलो उमेरदेखिनै गीत गाउन थालेकी स्वस्तिकाले रेकर्डिङको अनुभव भने घनाश्याम महतको शब्द रहेको राशिफल बोलको गीतबाट लिएकी थिइन् । नेपाली र लिम्बू गरेर दर्जनौ गीतहरूमा आवाज दिइसकेकी गायिका स्वस्तिकाको आवाज पछिल्लो समय धेरैनै रुचाइएको छ ।

‘संगीत एक साधना हो’ गायिका स्वस्तिका भन्छिन्, ‘संगीत मेरो लागि छुटै संसार हो ।’ उनी थप्छिन, ‘संगीतमा साधना, मेहेनत, लगनशिलता र धैर्यता चाहिन्छ । तव मात्र सफल हुन सकिन्छ ।’

संगीतमा भविश्य खोज्नेहरूको लागि मेहेनत र लगनशिल भएर राम्रो गर्दै जाने हो भने संगीतबाट पनि बाँच्न सकिने गायिका स्वस्तिका बताउँछिन् । कैयौं सेमा, ऐना हेर्दै, चिताङसिर, पूर्व घुम्न जाउँ, लाम्धान ताक्नेबी र मेनहापे पेगे, जस्ता उनका गीतहरू दर्शक स्रोताहरूले रुचाएका छन् । प्रेम केयरिङ हो बताउने स्वस्तिका संगीत गुरू नरेश श्रेष्ठसँग संगीत प्रशिक्षण लिँदै आइरहेकी छन् ।

इलामको माङसेबुङमा जन्मेर हाल इलाम सदरमुकाममा बस्दै आइरहेकी गायिका स्वस्तिका योङहाङ सानैदेखि सोचेभन्दा धेरैनै पारिवारिक सपोर्ट भएकै कारण संगीतमानै केही गर्ने साहस बटुलेर सफलताको उडान भर्न संघर्षरत छिन् । माघ ७ गते जन्मदिन मनाउँदै आइरहेकी उनी चाडैनै गीति एल्वम तयारी गर्ने योजनामा समेत रहेको बताउँछिन् ।

भविश्यमा पनि गीत संगीतमानै रहेर केही गर्ने सपना बुनेकी गायिका स्वस्तिका गायिकीमा जति माधुर्यता छिन् त्यतिनै बाहिरी व्यवहारिक जीवनमा पनि त्यतिनै सरल र असल छिन् । माधुर्य बोली, मलिन आवाज, जो कोहीसँग आवश्यक पर्ने जति मात्र कम बोल्ने, मिलनसार अनि लजालु स्वभाव भएकी असिमित सम्भावनाले भरिएकी गायिका स्वस्तिका योडहाडलाई थप सांगीतिक सफलताको भारि शुभकामना सहित सांगीतिक यात्रा खास अनि सार्थक बन्न सकुन लुडमेन्दीड नोनिडवा ।

प्रस्तुति : आन्छुमे नसान

 

 

सम्बन्धित खवर