- आन्छुमे नसान
कातिक २, माङसेबुङ । हिन्दुहरुको चाड दशैंको पूर्वसन्ध्यामा मानविय समवेदनाले भरिएको मनै छिया छिया बनाउने मर्मस्पर्शि गित ‘आमा बावा’ को म्यूजिक भिडियो फालेलुङ टिभीबाट सार्वजनिक भएको छ ।
प्रवास इजरायलमा छंदा आमाबाबालाई एकै पटक गुमाउनु पर्दाको दर्दनाक पिडालाई स्रव्य दृश्यमा रुपान्तरण गरिएको सर्जक संगीता आङथुप्पोको नितान्त जीवन कथा र व्यथामा आधारित उनकै शव्दमा सृजना भएको गित ‘आमा बावा’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
युट्यूवमा सार्वजनिक भएको भिडियोको लिङकलाई क्लिक गर्नसाथ ह्दयबिदारक प्रेम, बिछोड, ममता र छहारी टुटेर टुहुरो भावनुवादमा बिछिप्त भएकी एक भावविहोल नारीको रोदनले भरिएको आवाज ‘आमा बावा’ बाट सुरु भएको दृश्य र संगीतको मर्मस्पर्शी धुनले भिडियोको अन्त्यसम्म पुग्न बाध्य बनाउँछ ।
एक अभागी छोरी आफ्नो आमाबाबाको अवसानपछीको सन्नटावीच प्रवासको कर्मथलोबाट छुट्टी लिएर छोटो विदामा गृहथलो माईतिघर आईपुग्दै गरेको दृश्यबाट सुरु भएको भिडियोमा आमाबाबा नभएको माईतिघर पुरै सन्नाटा मात्र देख्न पुग्छिन् । र पुरानो आफ्नो बाल्यकाल देखिको छाँयातस्वीरहरु घरको आँगनी टेक्नासाथ फ्लास ब्याकमा सम्झिन पुग्छिन् ।
भिडियो भित्र तिनै अभागी छोरीले आफ्नो आमाबुवा गुमाउँदाको पिडाहरु प्रवासमा रहदा के कसरी विताईन् भन्ने परिदृश्यहरु समावेश गरिएको छ । यसैगरि घर आइपुगेपछि भने झनै घर आगनीमा मेला पातमा बाबा आमाको झझल्कोले बेस्कनै सताएको ह्दयविदारक दृश्यले भने भिडियो नियाल्दै गर्दा कतिवेला आखाँबाट आशुँ झर्छ थाहै हुँदैना । यस मानेमा निर्देशक वनेम सत्य घटनामा आधारित समवेदनाले भरिएको कथा पेश गर्न केहि हदसम्म सफल भएको देखिन्छ ।
रंगकर्मी, सामाजिक अभियेन्ता तथा निर्देशक बिक्रम फागो वनेमको कथा, पटकथा तथा निर्देशनमा सृजना सुब्बा, चेतन आङथुपो र संगीता लावतीको जीवन्त अभिनय रहेको भिडियोमा जेठी छोरीको आर्तनाथलाई आफ्नो आमाबाबा वित्नुहुदांको अकल्पनीय घट्नाक्रमसंग जोडिएको दुख पिडा र समवेदना प्रस्तुत गरिएको छ ।
समग्रमा यो भिडियो छोरी जेठी संगीताले ब्यहोरेको जीवन भोगाई र कहरको आत्मा–संस्मरण कथा–ब्याथाहरुको चित्रण हो भन्दा फरक नपर्ला । जहाँ सबै घट्नाक्रमहरुको जीवन्त यथार्थताहरु दृश्यहरु मार्फत उजागर गर्न खोजिएको छ । भिडियोमा सृजनाको चरित्रलाई एकैपटकको दृश्यमा चिन्न, छुट्टाउँन गार्हो परेपनि भिडियो मध्य र अन्ततिर आईपुग्दा भर्ने दर्शकलाई छर्लङग हुन्छ ।
सृजना सुब्बा आमा र जेठी छोरी संगीताको भुमिकामा देखिन्छन् । चेतन, बुवाको भूमिकामा देखिन्छन भने संगीता कान्छी छोरीको (दिलु) भुमिका देखिन्छन् । साथमा माईली छोरी(रामकुमारी) र एकमात्र छोरो(वीरु) भने स्वयम् पात्रको रूपमा उभ्याईएको । अन्य बुहारी नाती नातिनाहरु लगायत आफन्तजनहरुलाई समेत भिडियोमा समावेश गर्ने प्रयास गरिएको छ । यसरी भिडियोमा उनीहरुकै पारिवारिक सेरोफेरोमा रहेर कथाको भावभंगीहरुको परिदृश्यहरु दौडी रहन्छन् ।
संयोगले रंगकर्मी वनेम र गीतकार संगीताको गृह–थातथलो पथरीमा एकै गाउँका सन्ध्यारी छिमेकी जस्तै हुन् । र आफैमा आफन्त साईनो सम्बन्धले पनि झनै नजिक देखिन्छन् । वनेम र संगीताको मावली थर एकै हुन् । दुवै सर्जकका आमाहरु केरुङ्हरु हुन् । जसले गर्दा पनि सबै साङगो–पाङगो देखे, भोगेको साक्षी भएकै कारण पनि प्रस्तुत भिडियो निर्माण गर्दा कथा पटकथा र परिकल्पना तयार पार्न सायद निर्देशक वनेमलाई सहज बन्नमा सघाउ पुर्याएको महशुस हुन्छ ।
मुग्लानमा छदां आमाबाबालाई एकैपटक गुमाउँदाको दुखद कहर हो : संगीताको ‘आमा बाबा’ । आमा बाबा लाई गुमाउँदा गितकार संगीता आङथुपोले सृजना गरेको गित हो ‘आमा बाबा’ । यस गीतको संगीत भने गायक तथा संगीतकार राजेन्द्र केरुङले भरेका छन् । लोकप्रिय गायिका मेलिना राईको मनछुने आवाजमा सजिएको गितको संगीत संयोजन, मिक्सिङ, मास्टरिङ राजु कार्कीले गरेका छन भने किङग् स्टुडियोमा सुरेश राईले रेकर्डिङ गरेका हुन ।
अतिथि कलाकारको रुपमा राजकुमार आङ्देम्बले अभिनय गरेको भिडियोमा बाल कलाकारहरु फुङमा राई, वरुम्फुङ योङ्हाङ, तान्छो लिम्बू, अपना लिम्बू, आन्छा लिम्बू, जुनु लिम्बू र आर्या लिम्बूले समेत अभिनय गरेका छन् ।
संगीता कै निर्माणमा दिनेश माङ्मु सह निर्देशन, लोकेश थापाको श्रृङगार, सन्तबिर राई र मन कुमार मगरको यातायात, अनिल थोप्राको ब्यबस्थापन, कृष्ण सुबेदीको सह–ब्यबस्थापन रहेको भिडियोमा बुद्ध थापा र टिमको छायांकन तथा अनिल कुमार महर्जनको सम्पादन र कलरिङ रहेको छ ।
निर्देशक बिक्रम फागो वनेमको नजरमा, उनकै दस्ताखदबाट :
लिम्बुवान पान्थर, एकतिन गाउँबाट २०२५/२६ सालतीर मधेस बसाइँसराईको क्रममा ईलाम थुमको तत्कालीन बाँझो–९, पेल्टीमारी गाउँमा स्थानन्तरण गरेको हो । दशक लामो पेल्टीमारीको पानीको अभाव र रुखो बसाईको कारण पुनःखास मधेस तराईको झोडा आवादी÷फडाँनी अभियानको शिलशिलामा सट्टाभर्नाको नाउँमा २०३७÷३८ सालतीर मोरङको तत्कालीन उर्लाबारी–६ स्थित लाटीझोडाको फडाँनीको क्रममा बसाइँसराइ स्थानन्तरण भएको हो । जुन पछीचेन् पथरी–९, लाटी खोलापारी गाउँको रूपमा प्रचलित चिनारी भएको हो । त्यस यता लगातार साविक मोरङको पथरी गाउँमै आफ्नो ईहलिला समाधिस्थ गर्नुपुगे ।
संगीताको पापा र माम्माज्युहरु सोझो ईमान्दार थिए । कृषक उद्योमीको रूपमा पौरखी र सार्है मेहेनी थिए । झैं झगडाहरु मन नपराउँने गाउँघर छिमेकीहरुमा कोही कसैसंग झगडा, विवाद नगरीकनै आफ्नो जीवन चोला अन्त्य गरे । सामाजिक ब्यक्तीको रूपमा सरल र उदार थिए ।
पुज्य ममतामयी माम्माज्युको शारीरिक अवस्था :
स्वः केरुङ दुर्गामायाँ आङथुपो लिम्बु
जन्म मिती : १४ मंसीर २००९
जन्म स्थान : फालेलुङ गाउँपालिका–३, साविक मेमेङ–४, ताङलेपा, पान्थर, लिम्बुवान ।
समाधिस्थ : १८ साउन २०७७ आईतबार
पापा : धनबहादुर केरुङ लिम्बु
माम्मा : माङमु सञ्चमायाँ केरुङ लिम्बु
हिमसाबा : स्वः सञ्चबहादुर आङथुपो लिम्बु
सोझी र पौरखी थिईन/हुनुहुन्थ्यो । ३ छोरी र एक छोराको ममतामयी आमा बन्नु भएकी थिईन् । सन्तानहरु हुर्के बढेपछी र आफ्नो उमेरले नेटो काडदै गएपछीचेन् आमा दिनानुदिन रोगी हुँदै गएकी हुन् । उसबेला गाउँमा सहज बाटोघाटो र मोटर गाडीहरु चल्दैन थिए । त्योबेला आमालाई बाँसको झोलुङगे बनाएर सघन उपचार्थ अस्पताल आफन्तजन, छरछिमेकी र अन्य साथीभाईहरुको हार–गुहारमा कयौंपटक लैजानु परेको थियो । जुनबेलाको परिदृश्यहरु म्युजिक भिडियोमा जस्ताको तस्तै क्यामरामा कैद गरिएर उतारिएका छन् ।
उमेरको ६ दशक लामो यात्रा गर्दैगर्दा, आमाको स्वास्थ्य झन्झन् बिग्रन्दै गयो । एक्कासी आमाको मुटुमा समस्या देखिएको थियो । जसको रेगुलर सघन उपचार्थ काठमाडौको हृदय केन्द्र अस्पतालमा लामो समय काठमाडौ मै राखेर, छोरी कान्छीको(दिलु)रेखदेखमा स्वास्थ्यलाभको निम्ति उपचार गरिएको/खोजिएको थियो । केही स्वास्थ्यलाभको राहतपछी, काठमाडौको लामो उपचार वसाईपछी गृह निवास फर्किएको हो । उक्त मुटुरोगले शोला हान्दैगर्दा र त्यसको दर्दनाक पिडाहरुको कहर सहन गर्न नसक्दाचेन् तत्कालै विराटनगरको नोवेल मेडिकल टिचिङ अस्पतालमा भर्ना गरिने गरिन्थ्यो ।
अन्तः स्वास्थ्यलाभ लिई रहेकै समयताक आमाको देहान्तहुनु २,४ बर्ष अघि, दुर्भाग्य आमा भर्याङबाट लड्नु भयो । र आमाको मुख्य मेरुदण्डमा फेरि अर्को समस्याबोझ थपियो । तत्कालै सघन राहतको निम्ति विर्तामोडको विएण्डसी भर्ना गरिएको थियो । जसको कारण आमालाई झन्झन् गार्हो हुँदै गयो । मेरुदण्डले शरिर थेग्न नसकेपछी आमा लौरीको साहारामा कुप्रो परेर यसो २,४ कदम पाईलाहरु सार्नु पथ्र्याे । लामो समय शारीरिक अशक्त रूपमा छोराबुहारी र छोरीहरुको साहाराको बलमा यसो हिंड्डुल गर्नुहुन्थ्यो । अन्ततः आमाको हकमा त्यहीँ लडेको निहुँबाटै उनको गतबर्षको १७ साउन(२०७७)आमालाई विरामले सार्है गार्हो बनाएपछी सघन उपचार्थ तत्कालै विराटनगरको नोवेल अस्पतालमा लगिएको थियो दुर्भाग्य अस्पतालको आईसियु कक्षमा राख्दैगर्दा आम्माले यो लोकको लागी अन्तिम श्वास फेरेर ६९ बर्षतक आफ्नो चोला यो लोकमा समर्पित गर्नुभई, १८–साउन–२०७७ मा सदाको लागी विदा लिएर गएकी थिईन् । अस्पतालबाट आमाको पार्थिव शरिरलाई साँझ गृह निवासमा एकरात राखेर, भोलीपल्ट आफ्नो किरात याक्थुङ लिम्बू परंम्परागत संस्कार विधि अनुसार, घरदेखि पश्चिम उत्तरको सुनझोरा हाईपुलको मास्थिर जंगलमा सदगत गरिएको थियो ।
पुज्य पापाज्युको अचानक देहान्त हुनु :
स्वः सञ्चबहादुर आङथुपो लिम्बु
जन्म मिती : १३ असोज २००४
जन्म स्थान : फालेलुङ गाउँपालिका–२ साविक एकतिन, जिल्ला पान्थर, लिम्बुवान ।
समाधिस्थ : २५साउन २०७७, आईतबार
पापा : सनबहादुर आङथुपो लिम्बु
माम्मा : आङदेम्बे पुर्णमायाँ आङथुपो लिम्बु
हिमसामा : स्व.केरुङ दुर्गामायाँ आङथुपो लिम्बु
स्थायी निवास : पथरीशनिश्चरे नगरपालिका–२, साविक, पथरी–९ लाटीझोडा, कसेनी, मोरङ ।
पापा/बुवा शारीरिक रूपमा त्यति अशक्त निर्वल र रोगी पनि थिएनन् । आफ्नो उमेरको बलवान् समयमा मद्यपान धुम्रपान गरे । तर उमेरको आखिरी चरणमा यी अम्मलीहरुबाट मुक्त हुनु भएथे । आमा वित्नु भएको १० दिनपछीको फजेः (शुधाईं)कर्मविधी कार्जे राखिएको थियो । आमाको फजेःकार्जेको तमतयारीहरुको जिम्मेवारी बहन गर्दै गर्दा, साँझ छिमेकी छोरीचेली बुहारीहरुले कार्जेको दुना टपरीहरु बुन्दै थिए । अन्य मरीमरौमा घर दलान रुगांलु आफन्तजन छरछिमेकीहरु आँगनैभरी रहेथे । पापा पनि उनेरुँसंगै रहेथे । रातले मध्याह्न १२ बजेको उकालो काटेपछी, टपरा दुना बुन्नेहरु र रुँगालुहरु पनि आ–आफ्नो गृह निवासतीर लागे । पापा पनि आफ्नो विछ्यौनातीर घरको माथ्लो तला लागे । ओछ्याँनमा ढल्कन्दाचेन् केही असहज भएको अनुभुति गरे । र तलमुनी झरे । आफ्नो छोरी छोराबुहारी, माईली छोरी
(रामकुमारी) र कान्छी छोरीहरुलाई आफुलाई केही अप्ठ्यारो भएको जानकारी सेयर गरे । शोकमग्नताले खानेकुरामा वास्ता नगेरेका पापाले त्योदिन पनि खासै केही खाएनन् । छोरीहरुले यसो थोरै दहीसिक खान दिए । त्यसपछि पापा विश्राममा ओछयाँनतीरै लागे । दुर्भाग्य ओछ्याँन लागेका पापा चीर निन्द्रामा कहिल्यै नउठ्ने गरि निदाए । यो बुढो विष्मयकारी उदेकलाग्दो पिडाको पहाड बनेथ्यो । आफ्नो अर्धाङगेनी/जीवन सारथी गुमाएको सातादिन वित्दा–नवित्दै, आफ्नो जीवनसंगीनि संगै स्वर्गको चोलामा लिईन् हुन पुगे ।
सधैं सवेरै विहानै उठ्ने पापा, अवेरसम्म ओछ्याँनमा ढल्केको देखेसी, गएर उठाउँदा पापा उठेनन् । ऊनी कहिल्यै नउठ्ने गरि ७३ बर्षको उमेरमा २५ साउन २०७७ मा आफ्नो चोलापछी बाटो लागेको थिए ।
अन्ततः पापालाई पनि जहाँ आमाको पार्थिव शरिरलाई विसर्जन/सदगत् गरियो । आखिर त्यहीँ नै वरतीर–परतीर संगसंगै माटोमुनि राखियो । पुतुके जोडी (जोडी ढुकुर)जस्तै देखिएका पापा माम्माहरुलाई सातादिनको फरकमा सदाको निम्ति अन्तिम विदाई दिनु परेको थियो । विडम्बना संयोग पनि के रहयो र भने, माम्मा पापाज्युहरुको एकैदिन फजेः ३१ साउन २०७७ मा कर्मविधि संस्कार गरिएको थियो ।
संगीता आङथुपोको आफ्नै कहर :
संगीता घरकी जेठी छोरी थिईन् । घरमा बोलाउँने नाम ‘झिल्कु’ हो । घरको सम्पुर्ण भारहरु उनैको थाप्लोमा थियो । घरको घरधन्दा, भाई बहिनीहरुको रेखदेख गर्नु देखि लिएर गाईबस्तुहरु धन्ध्याउँनु सप्पोई उनकै काँधमा जिम्मेवारीथ्यो र त्यो जसै सम्हाल्ने पर्नेथ्यो । पापामाम्माहरु भने खेतवारीहरुमा कामहरु गर्नु जानुपर्थ्यो । त्यो मानेमा हुर्केकी छोरी भएको नाताले पनि घरको बोझ उनैले उठाउँनु बाध्य बनेथ्यो । उसो त पापामाम्माहरुले छोराछोरीहरुमा कुनै भेदभावहरु नराखीकनै समान रूपमा सप्पोई आफ्नो सन्तानहरुलाई शिक्षा–दिक्षा दिनबाट बञ्चित गरेनन् । ऊनेरुँ चारैजना सन्तानहरु आधाघण्टा दुरीको स्कुलमा(श्री जनता मा.वि./आईतबारे)अध्यायन गर्दथे । उनले एसएलसी.पछी भने पढाईलाई अघि बढाईनन् । घरजम(२०५१/५२)जोडेपछी, दुई छोरा सन्तानकी आमा बनिन् । उसबेला छोराखालहरु खाडी क्षेत्र अर्थात विदेश पलायन÷मुग्लान् जाने लहर बेश्कनै चलेकोथ्यो । त्यो लहडमा संगीताको आफ्नो जीवनसाथी मान्छे पनि मुग्लान् जान धेरै प्रयासरत गरे । दुर्भाग्य कति प्रयास गरेपनि जान सकेनन् । बरु उल्टै भिसा कम्पनीका दलाली एजेण्टहरुले उनको घरबारै रित्याउँने गरीको पोईसा चप्काई दिए, ऋणधनको थुप्रोहरु लाग्दै गयो । आफ्नो मान्छेको प्रयास असफल र उल्टै ऋणहरुको भारहरु बोक्नुपर्दाको पीडा र कहरले गर्दा, अन्ततः संगीताले अन्तिम आत्मानिर्णयको फैसला गरिन् र आफै मुग्लान भासिने दृढ संकल्प राखिन् । अन्ततगोत्व ऊनी अचानक सुटुक्कै ईजरायल लागीन् । ऊनी विदेशतीर पलायन हुदैंगर्दा उसबेला छोरीचेलीहरु बाहिर देश जाने चलन यदाकादा फाट्टफुट्ट सुनिन्थ्यो/देखिन्थ्यो । त्यस्तो समयमा आफ्नो कलिला दुई बालकहरुलाई बुवाको जीम्मा लगाएर ऊनी पोईसा कमाउँने ड्रीम प्रोजेक्टतीर वैदेशिक रोजगारमा श्रम र पसिनाहरु चुहाउन(२०६१/६२)लागेकी हुन्÷थिए । ऊनी अहिलेतक निरन्तर वहीँ जगा श्रम कर्ममा रमाई रहेकी छिन् । भन्नुपर्दा डेढदशक लामो समय उतै ब्यातित गरि रहेकी छिन् । त्यो १६–१७ बर्षको अन्तरालमा उनले एक्कासी आफ्नो जन्मदिने पापा र माम्मा(बुवा आमा)लाई भने गुमाउँन पुगीन् ।
संगीताले आफ्नो पापा माम्मा सार्हो–गार्हो हुदां धेरै त उनैले देखवहाल स्याहार सुसार सेवाहरु गरेकी हुन् । दुर्भाग्य ऊनी घरजमपछी र विदेश लागेसी भने आफ्नो पापामाम्माको रेखदेख सेवाहरु गर्न पाईनन् । क्रमशः आफ्नो दुई बहिनीहरु माईली र कान्छीको पनि केही समयको अन्तरालरुमा घरजम बन्यो । एक्लो छोराको साथमा पापामाम्मा रहन पुगे । पछी बुहारी भित्राईयो । दुई नाति र एक नातिनीहरुको जन्म भयो । उनैको साथमा दिनचर्याहरु जसोतसो गुजार्दै आईरहेका थिए । यो उनको जीन्दगीको हकमाचेन् दुर्भाग्य र अफसोंच रही रहयो । एकताका आफ्नो जन्मदिने माम्मा सार्हो भएको र सघन उपचार्थ नोवेल अस्पतालमा राखिएको खवर पाएसी,अपर्झट ऊनी छुट्टी लिएर(२०७०)घर फर्केकी थिईन्।त्यो समय उनले माम्माको स्वास्थ्यलाभको निम्ति सेवामा तल्लिन रहिन्।माम्माको स्वास्थ्यलाभमा केही सुधारोन्मुख देखिन्दै गएपछी,ऊनी फेरि आफ्नो कर्मथलो देश फर्किईन्।अतःऊनी फर्केको यहीँ समयावधीको ग्यापभित्र उनले अकथनीय÷असोचनिय रुपले आफ्नो जन्मदिने मामापापाहरुलाई सातादिनको फरकवीच गुमाउँनु परेको असह्यय बज्रपातको पिडाहरु सहनु परेको थियो । यो उनको जीवनमा कहिल्यै भोग्नु नपरेको अपरिकल्पित दर्दनानाक भोगाई भित्रको जहर र कहर थियो । अन्ततः उनको जीवन भोगाईहरुमा आईरहने यस्तै–यस्तै आतातायीपुर्ण आक्रोश र बेदनाहरुको विष्मयीताले उनलाई फ्रष्टेसन र डिप्रेसनको मोडहरुमा अल्झिनु साटो, बरु एउटा शक्तिशाली जुझारु सिर्जनशिल जागरुक कलमी हस्ताक्षर नारीको रूपमा कठघरामा उभ्यायो ।
अहिले ऊनी साहित्यिक उर्वरभुमी कलमी मसीहरुको वीजहरु छर्छिन् । शब्द– भण्डारणहरु गर्दै शव्दहरुको भावभंगीहरु जोड्दै–जोड्दै गीतहरु लेख्ने गीतकारको रूपमा आफुलाई साक्षत्कार गर्दै आई रहेकी छिन् । उनले २,४ वटा शब्द÷गीतहरु लेखी सकेकी छन्, भने उक्त गीतहरु संगीतको लय भाकाहरुमा कैद बनी सकेका छन् । पछिल्लो प्रस्तुत यो म्युजिक भिडियोचेन् आफ्नो प्रीय ममतामयी माम्मा र पापाप्रति बेहद् समर्पित गीत हो यो । जुन यो म्युजिक भिडियोमा बुनेका शब्दभावहरुले सिर्फ त्यहीँ अगाध श्रद्वा सुमनको आत्माबोध गराउँदछ ।
पुनश्चः संगीता मुग्लान पलायनपछी नै दुःख, कष्टहरुको जीवन भोगाईहरुको कठोर कहर र जहरहरुले थिचिमिचो गरेपछी नै ऊनमा त्यसको सामना गर्ने शक्ति प्राप्त गरे । र उर्जा औं प्रेरणाको रूपमा शक्तिशाली शिर्जनशिलता पथमार्ग रोज्न पुगे । आज त्यसैको कारण ऊनी एउटी उदार सेवकी नारीको रूपमा पनि आफुलाई लोकसामु दर्ज गरेकी छन् । साथै उनले आफुलाई सामाजिक क्षेत्रकी जुझारु अभियेन्ता नारीनेतृको रूपमा पनि उभ्याई सकेकी छन् । उनले सयौं रोग, भोक र शोकसंग लडी रहेका/थली रहेका, तिनै असाहाय दीनदुःखी रोगी, गरिवहरुको उस्तै उद्वार गर्दै आईरहेकी छिन् । सामाजिक क्षेत्रमा उनको चीर–स्मरणीय त्याग र योगदान रही आकोछ । फिलहालः ऊनी विभिन्न सामाजिक संघसंस्थाहरुमा कृयाशिल बनेर कार्यहरु गरि रहेकी छन् । किरात याक्थुङ चुम्लुङ, राष्ट्रिय समिती ईज्रायलकी सदस्य रहेकी छिन भने, संघीय लिम्बुवान सामाजिक मञ्च की सह– सचिव बनेकी छन् । उनै संगीता आफ्नो माम्मापापाज्युहरु गुमाएको सालबर्षको २०७७ को चैत अन्तिम सातातीर उनै जन्मदिने देवताहरुको सम्झनामा र एउटा ऐतिहासिक दस्तावेजी डकुमेन्ट्रीको रूपमा म्युजिक भिडियो निर्माण गर्ने सपनाहरूको ड्रीम प्रोजेक्ट लिएर ऊनी घर फर्किएकी हुन् । र माम्मापापाहरु नभएको शून्य माईतीघर आईन् । जहाँ उनले आफ्नो बाल्यशैशवकालहरु विताएकी थिईन् । जहाँ हुर्किन्, बढिईन् र जीन्दगी बुझिईन् । ऊनी त्यो समय एकडेढ महिनाको छुट्टी लिएर आएकी थिईन् । उनले प्रस्तुत त्यो गीतचेन् उतै कर्मथलोबाटै सिर्जना गरेकी र सो गीतलाई संगीतको लयमा मेलिनाको श्वरमा रेकर्डिष्ट भईसकेको थियो । मात्र जसको म्युजिक भिडियो निर्माण कार्य गर्नुथ्यो।जुन कार्यपनि सम्पन्न बन्यो । पहिलोपटक आफ्नो सिर्जनाको गीतमा म्युजिक भिडियो निर्माणको छायांकन आफ्नै सम्मुख सदर साक्षी बसी देखिकी थिईन् । उक्त समयताका भिडियो छायांकन गर्दाको झन्झट, दुःख र सास्तीहरु देख्दा ऊनी अवाक बनेकी थिईन् । भिडियो निर्माणमा उनको मोटो लागत बजेट खर्च भएको छ । करिवन म्युजिक भिडियोको सप्पोई कार्य संपादनहरु सकेर बजारसम्म आईपुग्दा करिवन ६ लाख ५० हजार रुपैयाँ जति खर्चिनु भएको छ । यस मानेमा उनले आफ्नो पुज्य माम्मापापाज्युहरु समर्पित एउटा मेमोरियल डकुमेन्ट्री कोषेढुंगाको रूपमा स्थापित गर्नमा सफल बनेकी छन् । एउटा अमर अजर स्मृति कृतिको रूपमा लोकको अगाडी अगाध श्रद्वा सम्मानपुर्वक उभ्याई दिईन् । त्यो भन्दा ठुलो जीन्दगीको बाजी एउटी छोरीले, बाउआमाको आत्मा शान्तिको कामनाहरुको हक र नजरहरुमा अरु के नै जीत्न सक्ला र के ? धन्य छ ऊनीलाई यति राम्रो शुभकार्य र सफलताको लागि अझ लाख–लाख शुभकामना, साथै भारी बधाई पनि छ ।
स्मरण रहोस्, यसताका उनको म्युजिक भिडियो दशैं मुखमा बजारमा आईरहन्दा ऊनीचेन् दुई देश वीचको सामरिक युद्वभित्र कैद बन्न पुगेकी छन् । ऊनी रहेकी कर्मथलो देश ईजरायल र प्ल्याईस्टाईनिक हमासहरुवीच पुनःगोला बारुद र बम बर्षा रकेटहरुको महायुद्व जारी भएको छ । रोजगारको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरु नै झण्डै ४ हजार ५ सयको हाराहारी छन् भन्ने बुझिन्छ । भने एग्री कल्चरल ट्रेनिङमा गएका ३९ जना विद्यार्थीहरु मध्ये १० जनाले त ज्यानै गुमाउँन पुगे । नेपाल सरकारले केही संख्याको उद्वार गर्यो । बाँकी केही ल्याउँन अझै छदैंछन् । एकजना विद्यार्थी अपहरणमा परेको हो भन्ने छ । यसमा घर फर्किन चाहने श्रम रोजगारमा रहेका आफ्नो ईत्छुक नेपालीहरुलाई, नेपाल सरकारले नेपाली एम्बासीमा आवेदन फारम भर्न अनुरोध गरेको छ । त्यसमा उहीँ ४ सय ५० जना जत्तिले घर फर्किन् ईत्छा जाहेर गरेको समाचारहरु मार्फत जानकारीमा आएकोछ । खैरः ऊनी संगीता भने युद्वको बारे मौंन देखिएकी छन् । युद्वपोतका बाछिटाहरुले कति असर र प्रभाव पारेको छ ।त् यो उनले नै एहेशास गर्ने हुन् । हामेरुँलाई भने बढी चिन्ता र चासो मात्र बढेको हो । किनकी यो आफैमा अन्त्यहीन लडाइँ हो । यसैको कारण भोलि यसले तेश्रो विश्वयुद्वतीर नधकेल्ला भन्नै सकिन्न । तसर्थःभरसके त ऊनी मात्र होईनन्, त्यहाँ रहेका सप्पोई नेपालीहरु नै आफ्नो गृहथलो घर(नेपाल)फर्के हुन्थ्यो भन्ने लाग्छ । बाँकी आड भरोषाको भर रहयो । त्यसमा ऊनी घर फर्किन कति ईत्छुक र अनिच्छुक छिन् ? उनैमा भर पर्ने विचरण कुराहरु रहयो । आखिरी चरणमा भन्नुपर्दा प्रेम, युद्व र राजनीतिमा जे पनि हुन सक्छ भनिन्छ । युद्वको बाछिटाहरुबाट आफुलाई सदा सुरक्षित रहुन्, र आफुलाई सधैं आफ्नो वहुत ख्यालचेन् राखुन् भन्ने कामना छ । उनै तागेरा निङ्वाभु माङले सदा–सर्वदा रक्षा एवं कल्याण गरी रहुन् । बस..!
भिडियो हेर्नुहोस…