- आन्छुमे नसान
कातिक २ दमक । बाजे बजैको कथन अनुसार उ बेला तराईका फाँट वनजंगलले ढाकेको हुन्यो । घना जंगलमा भएका ठुला ठुला रुखहरु काटन पाईन्न थियो रे । वस्ती बसाउन त्यति सहज थिएन भन्नु हुन्थ्यो । एकातिर बन पालेले दुख दिन्थ्यो भने अर्कोतिर औलोको डर त्यतिनै कहालि लाग्दो थियो ।
त्यस्तो अवस्थाको वावजुद पनि पहाडबाट तराईमा झरेर भूपू शैनिकहरुले झोडा फाँडेर बस्ती बसाल्नलाई संघर्ष गर्नु परेको कहालिलाग्दो मर्मस्पर्शि कथा हो नाटक ‘झोडा’ । उसबेला राज्यले झोडा अधिकार भनेपनि राजनैतिक संयन्त्र संग खिचा तानी र मेल नखानाले साथै केहि दलाल ठगहरुले गर्दा समेत झोडा आवाद गर्नेले साहै सास्ति पाउन सम्म पाएका थिए । बिचौलियाको जालमा परेर अनाहकमा दुख भोग्नु परेको थियो ।
आज अन्तिम पटक मञ्चनको तयारीमा रहेको मोफसलबाटै इलामको चुलाचुली रंगमञ्चले नाटक ‘झोडा’ को माध्यमबाट तिनै पाँच दशक अघि पहाडबाट तराईमा झरेर झोडा फाँडेर बस्ती बसाल्नेहरूको संघर्ष र तिनले भोगेका दर्दनाक कथा प्रस्तुत गर्ने कोशिस गरेको छ ।
भूमिहीन र भूमिपुत्रहरूको आन्दोलन हड्ताल र नाजाबाजी को अस्पष्ट आवाजबाट सुरु भएको नाटकमा गोलि लागेर लम्पसार ढलिरहेको मानव लास देख्न सकिन्छ ।
त्यसपछि सुरु हुन्छ नाटक ‘झोडा’ । भूपू सैनिकलाई झोडामा राख्ने हल्ला मलाया पल्टनबाट रिटायर भएका सर्वजितले पनि सुन्छ । सर्वजितले पल्टनबाट फर्कँदा ल्याएको केही पैसा भूपूमन्त्री सानबहादुरलाई दिएर झोडामा बस्ने अनुमति लिएको देदिन्छ ।
भूपू मन्त्रीलाई नै तमसुक बनाएर पैसा दिएकोले सर्वजित तराई झर्नलाई ढुक्क हुन्छ । सर्वजितले सानो छोरा माखेकको सुन्दर भविश्य निर्माण गर्ने सपना बोकेर सानो छोरा र श्रीमतीलाई लिएर तराई झर्ने अठोठट लिन्छ । र भोलिको भालेडाक सँगै तराई तर्फ बाटो लाग्छन् ।
नाटकको दृश्यमा झोडा फाँडेर बस्नका लागि तराई झर्नेको लर्को नै लागेको देदिन्छ । त्यहीं दृश्यमा बर्षौं देखि आवाद गर्दै आईरहेको भूमिलाई चटक्क छाडेर तराई झर्नु पर्दा मनभारी बनाएर एकोहोरो टोलाएर उभिरहेकी सर्वजितको धर्मपत्नीको मलिन अनुहाररुपि दृश्यले मन अमिलो बनाउँछ ।
तराई पुग्ने बेलामा एउटा ढुङ्गा देख्छन् । उक्त ढुङ्गालाई पहाडका आदिवासी याक्थुङ लिम्बु र तराईका आदिवासी धिमाल समुदाय छुट्टिएको विन्दुको रुपमा नाटकमा प्रस्तुत गरिएको छ । यसरी सर्वजित तराई त पुग्छ । तर, तराईमा उसले सोचेजस्तो सजिलो केहि हुँदैन । उस्लाई झोडा फाँडेर बस्न धेरै मुस्किल हुन्छ । दिउँसो झोडा फाँड्दा सरकारका मान्छे आएर लैजान्छन् भन्ने पीरले उनका नम्बरी मिनबहादुर मगरसँग रातभर लगाएर झोडा फाँड्छन् ।
सर्वजितले जसोतसो एउटा झुप्रो त बनाउँछ । तर, उसले सुखले बस्न पाउँदैन । सर्वजितलाई वन मुद्दामा फसाइन्छ । हुँदा–हुँदै भूपूमन्त्री सानबहादुरको हत्या गरेको मुद्दासमेत लगाइन्छ । त्यसपछि भने झोडा फाँडेर बस्न आएको लालपुर्जा पाउने सपना राजनीतिक भूमरीमा फसेको अनुभुत गराउँछ ।
निर्देशक चेतन आङ्थुपोले नाटकमा आदिमकालदेखि बसोवास गर्दै आएका आदिवासी जनजाती लिम्बू देखि धिमाल समुदायको संस्कृतिलाई समेत देखाउन खोजेका छन् । अर्को कुरा नाटकको सेट गजबको बनेको छ । एउटै सेटमा हिमाल, पहाड र तराई महसुस गराउन सफल भएका छन् निर्देशक आङ्थुपो ।
नाटकको सुन्दर पक्ष भनेकै त्यसमा प्रयोग गरिएको संगीत र गायन हो भन्दा फरक नपर्ला । यसमा प्रयोग गरिएको गित संगीतले कथामा प्रस्तुत गरिएको पात्र र संस्कृतिलाई बोकेको छ । यसमानेमा नाटक उत्कृष्ट बनेको छ । कलाकारहरुको अभिनय उत्कृष्ट छ ।
नाटक हेरिरहदां नाटकले पाँच दशकअघिको समयमा पु¥याउँने कोशिस भरपुर गरेको देखिन्छ । तर पाँच दशक अघिको भाषा साहित्यको प्रस्तुतिकरणमा कहिँन कहिँ निर्देशक चुकेको देखिन्छ । खास गरि लिम्बू समुदायको लवजमा केहि कलाकार उत्कृष्ट देखिएका छन् भने केहि कलाकारमा ठिकठिकै मात्र देखिएका छन् । यसैगरि पात्रले बोल्ने सम्वादमा रिदमको कमि देखिए पनि न्याय दिन भरपुर कोसिस गरेको देखिन्छ ।
नाटकमा कलालाई उत्कृष्ट ढंगले पेश गरेपनि तराईको गर्मीलाई पात्रले दर्शक सम्म अनुभुत गराउन नसकेको होकि जस्तो देदिन्छ । किनभने नाटकमा पहाडबाट तराई झरेका हरुले गर्मी महिनामा तराईको गार्मीलाई सहजै लिनुले पनि कहिँ न कहिँ त्यसतर्फ ध्यान नगएको देखिन्छ । कथा भित्री मधेशको भएका कारण मच्छड अत्याधिक लाग्नु पर्ने हो तर एक दूई पटक बाहेक त्यस्को पनि अनुभुत गर्न पाइएन । जसलाई निर्देशक आङ्थुपोले सुधार गर्नुपर्ने देखिन्छ । नाटकको अन्त्यमा कैयौं प्रशनहरु खडा गरेको देखिन्छ ।
नाटकमा लिम्बू भाषा र धिमाल भाषाको समेत प्रयोग गरिएको छ । जस्ले नाटकको सौैैन्दर्यतालाई अझ उजार गरेको देखिन्छ । नाटकमा मात्रृभाषाको प्रयोगले नाटकलाई थप सुन्दर मात्र बनाएका छैनन् आन्दोलनको रुपमा समेत दर्बिलो उपस्थिति पेश गरेको छ ।
गितकार, संगीतकार, गायक तथा लेखक गणेश रसिकको उपन्यास ‘आकाश गंगाको ओतमुनि’ बाट कवि सुमन लिङ्देनले नाट्य रूफान्तरण गरेको नाटकमा मनकुमार योङहाङ, रमिला राई, उदय बेघा, बन्वो सन्तोष, प्रवीण मगर, बबिना राई, मीना नेम्वाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रवीण भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङले अभिनय गरेका छन् ।
सुरेश माङपाहाङ राईले निर्माण रहेको नटकको संगीतमा बालकृष्ण राई, एमपी मगर, दिनेश रसाइली, दीपेश मगर, ताया राई स्वस्तिका लिम्बू र आशा साम्बा छन् । नाटकमा प्रयोग भएको गीत सुन्दर कुरुप र ताया राईले लेखेका हुन् ।
नाटक २६ असोजबाट मञ्चन सुरु गरिएको हो भने असोज ३० गते सम्म भनिए पनि दर्शकको अत्याधिक मागका कारण थप २ दिन थपेर आज कतिक २ गते अन्तिम पटक मञ्चन गरिने आङथुप्पोले बताए । उनले नाटक झोडा हेर्न अन्तिमपटक सबैलाई अनुरोध समेत गरेका छन् ।