प्रदेशको नाम कोशी सय प्रतिशतले खारेज गर्नुहोस् - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेशको नाम कोशी सय प्रतिशतले खारेज गर्नुहोस्

  • प्रेम येक्तेन

मैले २०८० असोज २ गते बिराटनगरमा भनेको थिए । सर्बदलिय सरकार बनाउनुहोस । प्रदेशको नाम कोशी १००% ले खारेज गर्नुहोस । आन्दोलनले सशक्त रुपमा बुलन्द गरेको स्थापीत एजेन्डालाई पुनः नामकरणको सहर्ष स्वीकार गर्नुहोस । र, यो भूमिको सभ्यता एवम् ऐतिहासिक पहिचानको आधारमा पुःन नामकरणको प्रस्ताव प्रदेश सभामा पेश गर्नुहोस ।

यो भूमिको लिम्बुवान ऐतिहासिक पहिचान र किरात सभ्यता प्रदेश नं. १ का कुनै पनि बासिन्दाहरुले नकार्नै नसक्ने एजेन्डा बनिसकेको छ । यो एजेण्डा कोशी नाम खारेजीको आन्दोलनको आठ महिने दौरानमा फक्ताङलुङ हिमाल जस्तै अटल बनेर उभिसकोको छ । साथसाथै यहाँ यही भूमिमा स्थापीत शेर्पालुङ, कोचिला लगायतका लगायतका थुप्रै पहिचानहरुका मुद्धाहरु उतिकै सशक्त उठेका छन् ।

कुनै न कुनै प्रकृया र स्वरुपले यी पहिचानहरुलाई सम्बोधन गर्ने पर्दछ । यिनीहरुलाई सम्बोधन गर्ने गरी प्रदेशको पुनः नामकरण र स्वायत्तताका अधिकारहरु सुनिश्चित गर्ने बाटोमा लाग्नु नै पर्दछ । अहिले आन्दोलनलाई सहि सम्बोधन गर्ने एकमात्र निर्विकल्प बाटो यो हो । यसको लागि तपाई सांसदहरुले जप्नुहुने मन्त्र जस्तै संवैधानिक र संसदीय मान्यतालाई पालना गर्दै प्रदेश सभा एवम् प्रदेश सरकार अगाडी बढ्नुहोस । अव तपाई प्रदेश सांसदज्यूहरु र प्रदेश सरकार कसैले पनि पुनः यो वा त्यो बहाना बनाएर उम्कने बाटो बाँकि छैन ।

सबै बहानाहरु अब सिद्धिएका छन् । केदार कार्कीलाई ८६ मतका साथ मुख्यमन्त्री बनाउनु भएको दिनबाट । जनतालाई तपाईहरु आफैले प्रमाणीत गरेर देखाईसक्नु भएको छ । हामी दुई तिहाई मतकासाथ प्रदेश सांसदहरु एकै पक्षमा उभिएका छौं भनेर । त्यो भन्दा पनि बढी त सत्ता पक्षमा उभिएका छौं भनेर । त्यसैले अव फलानो वा चिलानो पार्टीले गर्दा दुई तिहाईको मत पुर्याएर प्रदेश नाम खारेजी र पुनः नामकरणको संवैधानीक वा कानुनी अडचन खुलेको छैन भन्नेर प्रदेश १ का जनतालाई अझै द्वन्दको भूमरीमा फसाउने बेइमानीपूर्ण कार्य गर्ने नैतिकता तपाई प्रदेश सांसदहरुसँग छैन ।

तसर्थ, यी सबै कामका लागि संवैधानीक र कानुनी प्रकृया अनुसार प्रदेश सभा बोलाउनुहोस । कोशी नाम खारेजिको प्रस्ताब सके सर्वसम्मत नसके ८६ जनाको मतले पास गर्नोस । सोही प्रकृयामा, ऐतिहासिक पहिचानको आधारमा नया नाम पेश गरेर सर्बसम्मत पास गर्नोस । यो ऐतिहासिक कार्यको उत्तम संयोग जुरेको छ । किनकी, हिजो कोशी नामको विपक्षमा अभिएर किरात–लिम्बुवान–सगरमाथा प्रस्ताब पेश गर्नुहुने र कोशीको विपक्षमा मत गर्ने र मत गर्ने वेलामा कारणबस हराउने सांसदहरु सबै एउटै सत्ताको पक्षमा एकै ठाउ हुनुभएको छ । यो मिलन प्राविधिक रुपमा समेत एक उपयुक्त संयोग बनेको छ । जसले आन्दोलनलाई एकजुट भएर सम्बोधन गर्नुहोस् । फेरी कुमतीको बाटो तिर लागेर सबै मिल्यौं अब आन्दोलनलाई सबै मिलेर दबाउ भन्ने दुस्साहस नगर्नुहोस् ।

हिजो २०७९ फागुन १७ गते किरात–लिम्बुवान–सगरमाथा प्रस्ताव पेश गर्नुहुने सांसदहरुको पनि भोट मुख्यमन्त्रि हुनलाई लिईसक्नु भएपछि । वहाँहरुको यो नामाकरणको प्रस्ताव पनि बाको कोशिका मतदाता तपाईं साम्सद्ज्युहरुले स्वीकार्नुभएकै ठहर्छ । वहाँहरुले कोशी नाम खारेजी र नयाँ नामकरण प्रकृयामा साथ दिनुनै हुनेछन् । अझ, हिजो कोशीमा मत हाल्ने राप्रपाका सांसदज्यूहरुलाई पनि आह्वान गर्नोस । र, सय प्रतिशतले नयाँ सर्वस्वीकार्य नाम राख्नोस । अनि हाम्रो प्रदेश सुन्दर अनि शान्त बनाऔं । समृद्ध बनाऔं । सबै प्रदेशबासिको हाम्रो प्रदेश बनाऔं । सबैको साझा प्रदेश बनाऔं । वर्तमान राजनीतिक निकसको सबै सर्वबोकृष्ट उपाय यहि हो ।

त्यसपछि जनताहरुले बन्द गरेका तपाई सांसदहरुका बाटाहरु खोल्नेछन् । तपाईहरुको गद्दारीका कारण जनताहरुले रातो अविरको रंग बदलेर बनाएर राखेको कालो अविर पुनः रातो रंगमा बदल्नेछन् । बासनादार फूलका मालाहरुको रंग र बासना बदलेर कालोकालो रबरका मालाहरु पुनः जनताले सयपत्रिको मालामा बदल्नेछन् । तपाईहरुको स्वागतको लागि ।

सबै भन्दा, महत्वपूर्ण त कसैले जानेर र कसैले नजानेर इतिहासमा कहिले नमेटीने गरी लेखिने अनि नसच्चिने गरी निर्माण गर्नुभएको वंश गद्दारीको उपमा र पद्वी तपाईहरुबाट नै सच्चिनेछ । आफैंबाट विग्रिएको अपजसे कामको आफैंबाट सच्याउने सुनौले अवसर, संवैधानीक, कानुनी र प्राविधिक रुपमा ठीक बेला अहिले जुरेको छ । र, इतिहासको पानामा एउटा ऐतिहासिक पहिचानको आधारमा जनताको चाहनालाई सच्चा अर्थमा सम्मान गर्ने नेपालकै मधेश प्रदेश पछिको ऐतिहासिक प्रदेश निर्माण गर्ने सांसदको रुपमा तपाईहरुको नाम इतिहास सुनौलो अक्षरले हरेक इतिहासकारहरुले कोर्नेछन् । नत्र त वंश गद्दारी, जनगद्दारी को विल्लात हटाउन नसकिनेनै भयो ।

प्रदेश नं. १ का न्यायप्रेमि जनताहरुले तपाई सांसदज्यूहरुलाई यो ऐतिहासिक कामको लागि कति दिन पर्खनु पर्ने हो ? महिनौं दिन ? बर्षो दिन ? त्यति लामो त पक्कै पनि धैर्य गर्न सकिदैन । आज यो विचार मैले लेख्दै गर्दा १३ दिन भयो तपाई ८६ सांसदज्यूहरुको मतसहित दुई तिहाई भन्दा बढीको बहुमतको सरकारको नेतृत्व केदार कार्कीज्यूले सपथ खानुभएको । तर कोशी नाम खारेजी र पुनः नामकरणको विषयमा सोच्न भ्याउनु भएको छ कि छैन ? मुख्य मन्त्रीज्यूले, मन्त्रिज्यूहरुले र बाँकी ८६ भित्रका सांसदज्यूहरुले ?

यदि छैन भने दशैँ त सकियो । अब तिहारले गर्दा भन्न पउनुहुन्छ होला । त्यसपछि अझै बहाना छठसम्म गर्न पाउनु होला । खासमा ती कुनै बिषयमा निहुँ गर्न चाहि नपाईने हो । तैपनि चाडबाड भन्ने विषयले जनताले तपाईहरुलाई छुट नै देलान । तर त्यस पछि त छुट कुनै पनि हालतमा हुने छैन । आन्दोलनकारीको पक्ष र शब्दमा यसलाई अल्टिमेटम भन्नु पर्ने हुन्छ । यहि अल्टिमेटमको जनाउ घण्टी बजाउदै देहोयाउछु NO KOSHI ।

वीर सहिद लाजेहाङ : अमर रहुन ।

(प्रेम येक्तेन किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिका अध्यक्ष एवम् प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेता हुन् ।)

सम्बन्धित खवर