कुवेतमा महागुरु फाल्गुनन्द लिङदेन १३९ औं जन्मजयन्ती मनाइने - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुवेतमा महागुरु फाल्गुनन्द लिङदेन १३९ औं जन्मजयन्ती मनाइने

कातिक १४, कुवेत । कुवेतमा किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाइने भएको छ ।

आगमी कातिक २५ गते माङ्सेबुङ सरोकार समाज कुवेतको आयोजनामा महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाइने भएको हो ।

विश्वव्यापी रुपमा कातिक २५ गते भब्य रुपमा जन्मजयन्ती मनाउने क्रममा कुवेतमा १० नोभेम्भर २०२३ मा जन्मजयन्ती कार्यक्रम आयोजना गरिएको माङ्सेबुङ सरोकार समाज कुवेतका सचिव अनिसहाङ लाओतीले बताए ।

त्यस्तै कामदारको शिलशिलामा कुवेत गएका युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिने आयोजक समितिले बताएका छन् । कार्यक्रममा शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम समेत गर्ने लाओतीको भनाई छ ।

कार्यक्रमका लागि विभिन्न विभागिय समिति गठन गरेका छन् ।

१. अतिथि व्यवस्थापन र बोलाउने जिम्मेवारी अमित किराती ।
२. थाल, गिलास, चिसो, पेय पथार्थ, र पानी÷सहयोग÷अमित किराती ।
३, अचार, व्यवस्थापन जिम्मेवारी, उर्मिला बुङ्छेङ राई र कमला तामाङ ।
४, खदाको जिम्मेवारी बिरेन्द्र सावदेन ।
५, दियो, कलास, जिम्मेवारी, बिरेन सावदेन ।
६, खानपिन व्यवस्थापन जस्मा रोटी, सहयोग एम.बि सावा, बिरेन्द्र सावदेन ।
७, फोटो, तरकारी माला व्यवस्थापन अनिश लाओती ।
८, ब्यानरको जिम्मेवारी कबिराज फियाक ।
९, फलफुल व्यवस्थापन, बिरेन्द्र सावदेन एम. बि. सावा रहेका छन् ।

सम्बन्धित खवर