माबुमा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती मनाइँदैं - Mangsebung News
  • मङ्गलबार, जेठ १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माबुमा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती मनाइँदैं

  • विविहाङ साउदेन

कातिक १७, सन्दकपुर । किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औ जन्मजयन्ती कार्यक्रम इलामको माबुमा भव्य मनाउने भएको छ ।

सन्दकपुर गाउँपालिका ४, माबु हाङ्मादेनमा निर्माणाधिन किरात फाआप मिङ्सो माङ्हिमको आयोजनामा माङहिमको परिसरमानै सत्य, शान्ति र अहिंसाका त्रिमूर्ति, युगपुरुष, महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औ जन्मजयन्ती कार्यक्रम भव्य मनाउने भएको हो ।

किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य र संस्कृतिमा पुर्याउनु भएको अमुल्य योगदानलाई उच्च सम्मान गर्दै हरेक बर्ष कातिक २५ गते नेपाल लगायत बिश्वभरी नै मनाउने क्रममा सन्दकपुर गाउँपालिका ४ माबुमा बि.स २०५० सालदेखि औपचारिक रुपमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाउदै आइरहेको आयोजक समितिले जनाएको छ ।

जन्मजयन्तीको अवसरमा कातिक २३ गते धुँवाखोला र माइखोलाको दोभानमा साक्मुरा वादेम्मा(गालीश्राप बहन्ती) सेवा, २४ गते माङहिममा येत्नाम्धुङ लाधुङसेमी सेवाको आयोजना समेत गरिएको छ ।

यस्तै कातिक २५ गते महागुरु फाल्गुनन्दको १३९ औ जन्मजयन्ती भव्यताकासाथ मनाइने र साँझ हरेक किरात भक्तजनहरुको घरमा १ सय ३९ वटा दिपप्रज्वलन गर्ने किरात फाआप मिङ्सो माङहिमको अध्यक्ष धन प्रसाद साउदेनले जानकारी दिए ।

सम्बन्धित खवर