फाकफोकथुमको रुपाटारमा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती मनाइने - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाकफोकथुमको रुपाटारमा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती मनाइने

कातिक १८, फाकफोकथुम । किरात धर्म दर्शनदाता, समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती कार्यक्रम इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पा रुपाटारमा मनाउने भएको छ ।

सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा विभिन्न कार्यक्रमकाविच महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती कार्यक्रम मनाउन लागिएको हो ।

जन्मजयन्तीको अवसरमा २० कातिकमा फाकफोक र देउमाई खोलाको दोभानमा साकमुरा वदेम्मा सेवा, २३ कातिकमा माङहिममा येतनाम्धुङ लाधुङ सेमी सेवा र २५ कातिकमा जन्मजयन्ती विशेषक कार्यक्रमका साथ साँस्कृतिक कार्यक्रम आयोजना गरिने माङहिमका अध्यक्ष पञ्च योङहाङले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रममा गोमा लिम्बू, दिनेश लिम्बूलगायत कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।

 

सम्बन्धित खवर