धनकुटाको साँगुडी गढीमा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धनकुटाको साँगुडी गढीमा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न

कातिक २२, धनकुटा । किरात धर्म दर्शन र कर्मकाण्ड बारे एकदिने धार्मिक प्रशिक्षण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।

बुधबार किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो धनकुटाको आयोजनामा धनकुटाको साँगुडी गढी गाउँपालिका २, बुढीमोरङमा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे र कोषाध्यक्ष प्रकाश सावदेनले कार्यक्रममा उपस्थित सहभागीहरुलाई खाजोङ(कर्मकाण्ड) र धर्म दर्शन सम्बन्धी सहजिकरण गरेका थिए ।

किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफको प्रमुख आतिथ्यमा, साँगुडी गढी गाउँपालिका २, बुढीमोरङमा वडा अध्यक्ष योगेन्द्र इवाहाङ र किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य पुजन इङनाम राजनितीक दलका प्रतिनिधिहरको समेत उपस्थिति रहेको पिथयो ।

राष्ट्रि बिभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको प्रशिक्षण कार्यक्रम किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो धनकुटाका अध्यक्ष लक्ष्मी तुम्बापोको अध्यक्षतामा रमेश इवाहाङले स्वगत मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर