महागरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती केरावारी मोरङमा मनाइने - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती केरावारी मोरङमा मनाइने

कातिक २२, मोरङ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय बिभूति महागुरु महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औँ जन्मजयन्ती मोरङको केराबारी गाउँपालिका १, कुमाल पाटीमा मनाउने तयारी भएको छ ।

किरात साम्यो नालीफुङवा पाङभे पान्जुम्भो पाटी मोरङ र किरातेस्वर हाङ्साम फाल्गुनन्द माङहिम कुमाल पाटीको आयोजनामा १३९ औं महागुरु जन्मजयन्ती भव्यताका साथ मनाउन लागिएको हो ।

नेपाल सरकारका युवा तथा खेल्कुद मन्त्री डिगबहादुर चेम्जोङ लिम्बूको प्रमुख आतिथ्यमा बिबिध कार्यक्रमहरुबिच सम्पन्न हुने कार्यक्रममा १ सय ८ दिप प्रजलनका साथै झाँकी प्रदर्शन समेत हुने माङ्हिम समितिका सचिव शुक्र आङ्देम्बेले बताए ।

सम्बन्धित खवर