१३९ औं महागुरु जन्मजयन्ती समारोह स्थलको अनुगमन - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१३९ औं महागुरु जन्मजयन्ती समारोह स्थलको अनुगमन

कातिक २३, दमक । किरात धर्म दर्शनदाता, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३९ औं जन्मजयन्ती समारोह स्थलको अनुगमन गरिएको छ ।

आज(बिहिवार) झापाको शिवसताक्षी नगरपालिका ९ चिल्लागढधामा आगमी कातिक २५ गते हुन गईरहेको महागुरु जन्मजयन्ती समारोह स्थलको अनुगमन गरिएको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको माङसवार हुने मूल समारोह स्थलको गुरु निजि सचीव टंक लिङ्देन, किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, सचिव शक्ति साम्बा, गुरु सुपुत्र नाम्बिङहाङ लिङ्देन, किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङ राई, किरात साम्यो साक्थिम्गेन पान्जुम्भो अध्यक्ष तथा किरात धर्मका मिडिया प्रमुख ज्ञानु केदेम लगायतले अनुगमन गरेका थिए ।

यसैगरी पूर्व उपासभामुख शिवमाया तुम्बाहाङफे, शिवसताक्षी नगरपालिका प्रमुख मेघहाङ थोप्रा(रोशन) लगायत नगरका जनप्रतिनिधिहरुले समेत चिल्लागढधाममा हुने समारोह स्थलको अनुगमन गरेका छन् ।

अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट नव निर्मित किरातेश्वर हाङसाम माङहिम उद्धघाटन एवं महागुरु फाल्गुनन्दको पुर्ण कदको शालिक अनावरण कार्यक्रम हुने शालिक निर्माण समिति संयोजक डिल्लीहाङ इङनामले जानकारी दिए ।

सम्बन्धित खवर