महागुरु फाल्गुनन्दको देनले समाज सभ्य र सुसंस्कृत बन्दै गएको छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्दको देनले समाज सभ्य र सुसंस्कृत बन्दै गएको छ : अङसीमाङ आत्मानन्द सेइङ

कातिक २८, माङसेबुङ । महागुरु फाल्गुनन्दको देनले समाज सभ्य र सुसंस्कृत बन्दै गएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो ।

अङसीमाङले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यूको ज्ञान र सिवाखाहुनलाई सही सदुपयोग गर्नुपर्छ तब मात्र आत्मा मुक्ति पाउन सकिन्छ ।’

किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती समारोह समुद्घाटनसँगै नव निर्मित किरातेश्वर हाङसाम माङहिम उद्घाटन एवं महागुरु फाल्गुनन्दको सालिक अनावरण समारोहमा आशीर्वचन दिनु हुँदै वहाँले सो कुरा बताउनु भएको हो ।

समाजमा रहेको कुरीति कुसंस्कारलाई त्याग्दै जानु पर्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘कुरीति कुसस्कार र कूलत व्यवहारबाट हामीहरु टाढा रहनुपर्छ ।’ आधुनिक युगमा खानपिनमा सुधार हुन आवश्यक रहेको अङसीमाङले आशीर्वचनमा बताउनु भएको छ ।

गलन खानपिनले मानव स्वास्थ्य र मस्तिष्क दुवैलाई असर पार्ने भन्नु हुँदै पवित्र मनलाई माङ र हाङ सबैले मन पराउने वहाँले बताउनु भयो । सत्य, शान्ति र अहिंसावादी महागुरुज्यूको दर्शनलाई सबैले आत्मसात गरेर विश्व शान्ति, मानव एकता र सक्कल प्राणी रक्षार्थ सम्पूर्ण मानव जगत एक भएर लाग्नुपर्ने भन्नु हुँदै अहिले सबैजना एकता बने मुलुकको विकास हुने वहाँले बताउनु भयो ।

झापाको शिवसताक्षीमा अवस्थित चिल्लागढको ऐतिहासिक महत्वको विषयमा चर्चा गर्नुहुँदै अङसीमाङले भन्नु भयो, ‘महाभारत युद्ध हुनुभन्दा पहिले पाण्डवहरु यहीँ आसपास बसेका हुन् ।’

शनिबार झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक धार्मिक तीर्थस्थल चिल्लागढमा आयोजित किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको साथमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको पनि समुपस्थिति रहेको थियो ।

सोही दिन झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ डाँडागाउँमा अङसीमाङ तथा अङसीमामाङज्यूहरुले जनजाति कल्याण आश्रम नेपालद्धारा सञ्चालित फाल्गुनन्द छात्रावासलाई पनि लोकार्पण गर्नु भएको थियो ।

सम्बन्धित खवर