इलामको कोल्बङमा सावरी दुर्घटना ३६ जना घाइते, एक बालकको मृत्यु - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको कोल्बङमा सावरी दुर्घटना ३६ जना घाइते, एक बालकको मृत्यु

मंसिर ३, इलाम । मेचि राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिकाको कोल्बङमा सावरी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् भने करिव १० बर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ५ बजे जनकपुरबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर झापा तर्फ जाँदै गर्दा राजमार्गबाट तीन सय मितटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

३७ जना सवार बसलाई तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरिक्षकको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली घटना स्थल पुगी ३६ जना घाईतेलाई उद्धार गरी उपचारको लागी झापा तर्फ पठाईएको छ ।

घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनामा मृत्यु हुँने र घाईतेको पहिचान खुल्न बाँकी छ ।

सम्बन्धित खवर