लासिङबुङमा पद्मारानी मेडिकल क्लिनिक सञ्चालनमा - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लासिङबुङमा पद्मारानी मेडिकल क्लिनिक सञ्चालनमा

मंसिर ४, माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित लासीङबुङमा पद्मारानी मेडिकल क्लिनिक संचालनमा आएको छ ।

आइतबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ले एक कार्यक्रमबीच क्लिनिकको उद्घाटन गर्नुभएसँगै उक्त क्लिनिक संचालनमा आएको हो ।

सो अवसरमा अङ्सीमाङले स्वास्थ्य चेकजाँच सँगै विभिन्न उपकरणहरुको अवलोकन पनि गर्नु भएको थियो ।

आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाहमा गर्ने हेतुले क्लिनिक संचालनमा ल्याएको क्लिनिकका संचालक चित्रमाया सम्बाहम्फेले बताइन । उनले अमेरिका निवासी नेपालीहरुको सहयोगमा डेलिभरि बेड सहित दुई थान बेड, पाठेघर चेक गर्दा आवश्यक लाइट र अन्य समान समेत सहयोग गरेको बताइन् ।

कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघका उपाध्यक्ष दुधबहादुर लाओती, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्य लाखमान खजुम, माङ्सेबुङ ५ का वडासदस्य तीलरुपा सबेन्हाङ, किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष बलराम खजुम, आत्मा पवित्र किरातेश्वर गौशालाका अध्यक्ष वीरबहादुर आङला, लेखक तथा पूर्व नालिफुङ्वा सचीव भगिहाङ नेम्वाङ(रानिटारे साइला), किरात साम्यो साक्थिमगेन पान्जुम्भो पूर्व सदस्य मंगलसिंह लाओती, किरात साम्यो नालिफुङ्वा माङ्सेबुङ पान्जुम्भोका अध्यक्ष बाइस कुमार राई, सुवास खेसाङ लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

सम्बन्धित खवर