मंसिर ११, माङसेबुङ । माङसेबुङ भ्रमणको लागि संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट आएका किरात धर्मावलम्बी र किरात धार्मिक केन्द्रीय संस्थाका प्रतिनिधिहरुबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार इलामको माङसेबुङ ५, स्थित किरात साम्जिक मुन्धुम निसामहिमको सभाहलमा अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३, मा आएका किरात धर्मावलम्बीको अमेरिकास्थित केन्द्रीय संस्था केसिओएका प्रतिनिधि र किरात धार्मिक केन्द्रीय संस्थाकाबीच भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिम र किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङले किरात धार्मिक सस्थाको तर्फबाट अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जनालाई खदा अर्पण गरि स्वागत तथा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिम, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष होम लिङ्देन, सहकोषाध्यक्ष लक्ष्यबहादुर लिङ्देन, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृतिमाङ खालिङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम लगायतको उपस्थिति रहेको थियो ।
भेटघाट कार्यक्रममा माङसेबुङ भ्रमण २०२३ का संयोजक सुकमान सुहाङ, किरात कम्युनिटी अर्गनाइजेसनका अमेरिकाका अध्यक्ष राजु इधिङगो, डिजे खालिङ र डा. नरेश लाओतीले अमेरिकाकाको केन्द्रीय संगठन केसिओएको भावी योजना र गतिविधिहरुका बारेमा आफ्ना भनाई राखेका थिए ।
अमेरिकाका ३६ ओटा राज्यका प्रतिनिधि र भक्तजनहरुको सहभागितामा रहेको कार्यक्रममा किरात धर्मजन्य संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो ।