बार्सिलोना च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलमा - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलमा

मंसिर १३, काठमाडौं । स्पेनिस क्लव बार्सिलोना च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार भएको खेलमा एफसी पोर्टोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेकोे हो ।

बार्सिलोनाको जितमा कान्सेलो र जोआओ फिलिक्सले एक उक गोल गरे । पोर्टोका लागि भने एक्विनो कोसाकोले एक गोल गरे ।

पोर्टोले खेलको ३० औं मिनेटमा एक्विनो कोसाको गोलमा अग्रता लिएको थियो । तर त्यसको दुई मिनेटमै पेड्रीको पासमा कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा कान्सेलोको पासमा जोआओ फिलिक्सले बार्सिलोनाका लागि विजयी गोल गरे ।

बार्सिलोनाले ५ खेलबाट १२ अंक जोड्र्दै एक खेल खेल्न बाँकी छदैं नकआउट चरण पुग्न सफल भएका छ । समूहमा उसले पोर्टोसँग तीन अंकको अग्रतालाई कायम राख्यो ।

सोही समूहको अर्को खेलमा शख्तयरले रोयल एन्टवर्पलाई १–० ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

पोर्टो ९ अंक सहित दोस्रो र शख्तर डोनेस्क पनि ९ अंक सहित तेस्रो स्थानमा छ । अन्तिम खेलको नतिजाले यि दुई टिमको नकआउट चरण पुग्ने भाग्यको फैसला गर्नेछ । अंक विहीन एन्टवप तालिकाको पुछारमा छ ।

सम्बन्धित खवर