अमेरिकाका किरात धर्मावलम्बीद्वारा माङपोक्लुङ माङहिम बेल्डाँगीमा सेवा सम्पन्न - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकाका किरात धर्मावलम्बीद्वारा माङपोक्लुङ माङहिम बेल्डाँगीमा सेवा सम्पन्न

मंसिर १३, दमक । माङसेबुङ भ्रमणको क्रममा अमेरिकाबाट आएका किरात धर्मावलम्बी भक्तजनहरुले झापाको दमक बेल्डाँगी स्थित किरात माङपोक्लुङ माङहिममा लाधुङसेमी सेवा सम्पन्न गरेको छ ।

किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा विहिबार लाधुङसेमी सेवा सम्पन्न भएको हो । यसअघि मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेको थियो ।

सेवा कार्यक्रममा किरात धर्मका तुम माङसेवासाबा तेजबहादुर थलङको समेत उपस्थिति रहेको थियो । सेवा पश्चात बुधबार किरात धार्मिक प्रशिक्षणको आयोजना गरिएको थियो ।

सम्बन्धित खवर