माङसेबुङमा लिम्बू भाषा घोषणा पाँचौं बार्षिक उत्सव मनाइयो - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा लिम्बू भाषा घोषणा पाँचौं बार्षिक उत्सव मनाइयो

मंसिर १३, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका स्थित वडा नं ५ मा किरात लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा घोषणा÷लागू भएको पाँचौं बर्षको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाइएको छ ।

माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजी आश्रम लारुम्बामा बुधबार माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा विविध कार्यक्रमबीच बार्षिक उत्सव मनाइएको हो ।

माङसेबुङ वडा नं ५ मा लिम्बू भाषालाई कामकाजको भाषा घोषणा भएको पाँचौं बार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा गाउँपालिका अध्यक्ष हेमन्त राइले महादिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । यश अवसरमा वडाको १५ वटै टोलहरुमा बुधबार साँझ घर घरमा दिप प्रज्वलन गरि उत्सव मनाइएको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रीहाङ राईले माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषा कार्यन्वयनको रूपमा अघि बढाउने बताएका छन् । उनले गाउँसभाले पास गरिसकेको हुनाले कार्यन्वयन गराउने दिशातर्फ अगाडि बढिरहेको समेत बताए ।

कार्यक्रममा लेखिका भिमा खजुम, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राइले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ ४ का वडाध्यक्ष नविन योङहाङ, उपाध्यक्ष होम लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दुध बहादुर लाओती, माङगेन्ना सेवाका सचिव शक्ति साँबा, किरात साम्जिक मुन्धुम युक्सिङ निसमहिमका प्रधानध्यापक कल्पना लिङ्देन पन्धाक, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका सचिव सन्चहाङ सम्बाहाङफे, माङगेन्ना सेवाको पूर्व सचिव नन्दकुमार नेम्वाङ, लेखिका भिमा खजुम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निसामहिमका विद्यार्थी, फाल्गुनन्द सेकेन्डरी बोर्डिङ स्कुलको विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा निसामहिमका विद्यार्थी, फाल्गुनन्द सेकेन्डरी बोर्डिङ स्कुलको विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । माङसेबुङ गउाँपालिकाका ५, का वडाध्यक्ष नरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दोभासे कर्मचारी सुनिल सेर्मा लिम्बूले गरेका थिए ।

सम्बन्धित खवर