झापाको दमकमा रोटरीले गर्यो रक्तदान कार्यक्रम - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा रोटरीले गर्यो रक्तदान कार्यक्रम

मंसिर १४, दमक । रोटरी क्लब अफ दमकले झापाको दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरीले आफ्नो १३ औँ स्थापना दिवसको अवसरमा बिहीबार बिहान दमक चोकको बरपिपल छहारीमा आयोजना गरेको बृहत् खुला रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।

रोटरी क्लब अफ दमकका अध्यक्ष पदमराज बरालको अध्यक्षतामा आयोजित खुला रक्तदान कार्यक्रममा ५ महिलासहित ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी दमक उप शाखाका रक्त सञ्चार केन्द्र प्रमुख सिद्धार्थ दाहालले जानकारी दिए ।


रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक गौतम गुप्ताले जानकारी दिए ।

कार्यक्रममा क्लबका पदाधिारीसहित सामाजिक र राजनीतिक क्षेत्रका व्यक्तित्वहरु, युवा, विद्यार्थीलगायतले रक्तदान गरेका थिए भने रक्तदानको महत्व बारे जीवन चक्र नेपालका अध्यक्ष गणेश गौतमले प्रकाश पारेका थिए ।

 

सम्बन्धित खवर